२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कृतिम दन्तरोग बिशेषज्ञहरुको राष्ट्रिय सम्मेलन भैरहवामा शुरु

शनिवार , फाल्गुण ५, २०८०

भैरहवा, ५ फागुन । कृतिम दन्तरोग बिशेषज्ञहरुले राष्ट्रिय सम्मेलन भैरहवामा शुरु भएको छ । नेपाल प्रोस्थोडोन्टिस सोसाईटीको आयोजनामा नवौं राष्ट्रिय सम्मेलन गरिएको हो ।

कृतिम दातका बिषयमा भित्रिएका नयाँ प्रविधि तथा दन्त उपचारका बिषयमा प्रशिक्षण दिने उद्धेश्यले राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सोसाईटीका अध्यक्ष प्रा.डा. दीपक थापाले जानकारी दिए ।

सोसाईटीले काठमाण्डौ बाहिर पहिलोपटक भैरहवामा राष्ट्रिय सम्मेलन गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । सोसाईटिको यो नवौ राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा भारतिय कृतिम दन्तरोग बिशेषज्ञ डा. हेमन्त गुप्ता, डा. स्वाती गुप्ताले कार्यपत्र प्रस्तुत गर्दै कृत्रिम दातका बिषयमा भित्रिएका अत्याधुनिक प्रविधि, उपकरण, समस्या र चुनौती लगाएतका बिषयमा छलफल गरेका छन् ।

कार्यक्रममा दन्त चिकित्सासम्बन्धी ज्ञान र सीपलाई एक आपसमा आदान प्रदान गर्ने, चिकित्सकहरूबीच विचारविमर्श, अनुभव आदानप्रदान, अत्याधुनिक प्रविधिको प्रयोग एवं दन्त चिकित्सासम्बन्धी ज्ञान र सीपलाई विभिन्न माध्यमबारे प्रशिक्षण गरिने सोसाईटीका साईन्टिफिक हेड डा. मन्जीव गुरागाईले जानकारी दिए ।

सम्मेलनमा कृत्रिम दात प्रत्यारोपण, दात लगाउने, दातमा खोल लगाउने, डिजिटल प्रबिधिले कृतिम दात कसरी लगाउने भन्ने बिषयमा प्रशिक्षण दिईने बताए। सम्मेलनमा कृत्रिम दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रर्दशनीसमेत गरिएको छ ।

सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा नेपाली बजारमा भित्रिएका नयाँ नयाँ उपकरण कसरी प्रयोग गर्ने, त्यसको उपयोगिता लगायतका विषयमा विशेषज्ञ कृत्रिम दन्त चिकित्सकहरुले प्रशिक्षण दिनुहुने डा. गुरागाईले जानकारी दिए। सम्मेलनमा देशभरका १५० बढी कृत्रिम दन्त चिकित्सहरुको सहभागिता रहेको छ । सम्मेलन भोली सकिने छ ।