images

आइतवार, बैशाख १६ गते २०८१

१० बुँदे निष्कर्षसहित भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

१० बुँदे निष्कर्षसहित भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

images
images
images
आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • १० बुँदे निष्कर्षसहित भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न

    भैरहवा, ६ फागुन ।
    देशभरीका महिला उद्यमीको सहभागीता रहेको ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ रुपन्देहीको भैरहवामा शनिबार सम्पन्न भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ नारासहित नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वयमा सम्मेलन आयोजना भएको हो । 

    images

    माघ ४ र ५ गते भएको सम्मेलनले १० बुँदे निकर्षसहितको सुझाव तयारी पारेको र उक्त सुझाव सम्बन्धित निकायमा प्रस्तुत गरिने नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बताइन् ।

    सम्मेलनमा उदघाटन सत्रसहित मुख्य पाँच सत्रहरु महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुँच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना विषयमा छलफल श्रेष्ठले बताइन् । सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजालमार्पmत तीनै तहका सरकारमा निरन्तर पैरवी गर्ने निष्कर्ष निकालिएको श्रेष्ठले बताइन् ।

    त्यस्तै महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुनः सुचारु गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराइ कार्यान्वयन गर्न पहल गर्ने निष्कर्ष रहेको उनले जानकारी दिइन् ।

    ‘घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने बाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरी कार्यान्वयनको जोडदार माग गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ, ’उनले भनिन् ।

    सम्मेलनले उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आबद्ध गर्ने निर्णय गरेको छ । 

    त्यसै गरी अन्तर्राष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आंकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने सम्मेलनले निर्णय गरेको छ । 

    ‘महिला उद्यमीहरूका उत्पादन प्रवद्र्धन र बजार विस्तारमा सघाउने उद्देश्यसहित बाह्रै महिना उपलब्ध हुने गरी संघ, प्रदेश र स्थानीय तहमा प्रदर्शनी÷विक्रीस्थलको व्यवस्थाका लागि पहल गर्ने र उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लैजान प्रोत्साहन दिने तथा महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने निर्णय गरिएको छ, ’उनले भनिन् ।

    महिला उद्यमीहरूका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने तथा सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने सम्मेलनले निर्णय गरेको छ ।

    सन् २०२६ मा नेपालअतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा महिला उद्यमशीलतामा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि विशेष पहल आवश्यक भएको सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने सम्मेलनको निष्कर्ष छ ।

    साथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनुपर्ने विषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।

    लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने तथा बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने सम्मेलनको निष्कर्ष रहेको आयोजकले जनाएका छन् ।
    सम्मेलनमा देशैभरबाट ३५० जना महिला उद्यमीको सहभागीता रहेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij