२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

झण्डै २३ लाखको सामान बरामद

सोमवार , कार्तिक २४, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा, २४ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ । शुक्रबार र शनिबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी मूल्य २२ लाख ८८ हजार २ सय २८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सामान आइतबारआवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।

    डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी १ लाख २५ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ स्थित शंकरनगरबााट भारतीय नम्बर प्लेटको कार पछाडी सिटमुनी लुकाइछिपाई बिलबिजक नभएको सामानहरु बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उक्त कारबाट ल्यापटपको चार्जर झोला, पहेलो रंगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाईलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु बरामद गरेको छ ।

    त्यसै गरी प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काचो कपडा गरी ३ लाख २२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।...