२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एकीकृत समाजवादी सिद्धार्थनगरको दोस्रो बैठक : के–के भए निर्णय ?

आइतवार , फाल्गुण ६, २०८०

भैरहवा, ६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ । नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयूर कसौधनको अध्यक्षता, पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीको प्रमुश आतिथ्यता एवं केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेको विशिष्ट आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । 

बैठकले आगामी २०८१ जेठ ३ देखि ७ गतेसम्म हुने पार्टीको प्रथम महाधिवेशन सम्बन्धमा विभिन्न कार्ययोजना बनाएको नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।  कार्ययोजना अन्तर्गत संगठन तथा सदस्य विस्तार अभियानलाई तीव्रता दिइने कसौधनले जानकारी दिए । उनका अनुसार सिद्धार्थनगरका सम्पूर्ण वडा कमिटीहरुको बैठक बस्ने, नयाँ सदस्यता वितरण गर्ने, जनवर्गीय संगठन बनाउने, महाधिवेशनको दस्तावेज आएपछि सामूहिक रुपमा आवश्यक सुझाव दिने कार्ययोजनामा समावेश छ । त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विकास निर्माण र जनसेवाको काम गर्दै निरन्तर जनसम्पर्क स्थापित गर्न लगाउने कार्ययोजनामा समावेश रहेको कसौधनले जानकारी दिए ।

जसअनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, २ र ३ मा रामबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै सिद्धार्थनगर १ को सह–संयोजकमा बासुदेव कार्की, २ को सह–संयोजकमा उत्तम कुमार जि.सी. र ३ को सह–संयोजकमा दिनेश ठाकुर रहेका छन् ।

त्यस्तै वडा नम्बर ४, १० र ११ को संयोजकमा शंकर मराउ, ४ को सह–संयोजकमा अजय यादव, शिशिर गुरुङ, १० को सह–संयोजकमा श्रीकान्त उपाध्याय र ११ को सह–संयोजकमा श्रीकान्त उपाध्याय रहेका छन् ।

त्यस गरी वडा नम्बर ५, ६ र ७ को संयोजकमा विनोद क्षेत्री रहेका छन् । वडा नम्बर ६ को सह–संयोजकमा सन्त कुमार कुर्मी, मुस्ताक अहमद भाट र सुनिल धवल रहेका छन् ।

वडा नम्बर ८ को संयोजकमा तारापति भण्डारी र सह–संयोजकमा विजय पुन रहेका छन् । वडा नम्बर ९ को संयोजकमा सुवर्ण कुवर र उज्जवल जोशी रहेका छन् ।

त्यस्तै वडा नम्बर १२ को संयोजकमा शार्दुल मयूर कसौधन तथा सह–संयोजकमा बसन्त क्षेत्री, सौरभ मास्के, समिर पन्त र स्वर्णिम लामगादे रहेका छन् । वडा नम्बर १३ को संयोजकमा नरेन्द्र भण्डारी तथा सह–संयोजकमा विकास गुरुङ रहेका छन् । 
त्यसै गरी सिद्धार्थनगर नगर कमिटीको अन्तर्गत विभिन्न भातृ संगठनको कमिटी बनाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

जसअन्तर्गत सन्त कुमार कुर्मी (विद्यार्थी) समिर पन्त (युवा तथा महिला) सुनिल धवल लोकतान्त्रिक मधेशी संगठन), मुस्ताक अहमद भाट र मेहबुब आलमलाई (मुस्लिम इत्तेहाद संगठन) को कमिटी बनाउने जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले २०८१ सालको क्यालेण्डर प्रकाशनका लागि नगर उपाध्यक्ष विनोद क्षेत्रीलाई जिम्मेवारी दिएको छ । 

बैठक पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, बाबुलाल यादव, लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही जिल्ला कार्यबाहक अध्यक्ष बाबुलाल यादव, श्रीराम यादव, प्रदेश सदस्यहरु कमल भण्डारी, आनन्द प्रसाद गुप्ता, डा. ऋषिराम शर्मा, जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारी, जिल्ला कमिटी सदस्य नरेन्द्र भण्डारी, टिकाराम श्रेष्ठ, शंकर मुराउलगायतको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।