
आइतवार , फाल्गुण ६, २०८०
रुपन्देही, ६ फागुन ।
चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आएका महानायक राजेश हमाल र चलचित्र क्षेत्रका पत्रकार निर्देशक दिनेश डिसीलाई बुटवलमा स्वागत गरेको छ । शुक्रबार बुटवल आएका कलाकारहरुलाई चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले एक कार्यक्रमकाबीच स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानायक हमालले चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एक सिक्काका दुई पाटा भएकोले चलचित्र क्षेत्रको जगेर्ना गर्न पत्रकारहरुले कलम चलाउँदै जानुपर्ने बताए । हमालले युवाहरुको सक्रियतामा बुटवलमा स्थापना भएको क्लोथ बैंकको सबै प्रदेशमा सिको गर्नुपर्ने बताउँदै चलचित्र क्षेत्र धरासायी हुनबाट जोगाउन पत्रकारहरुको ठुलो भूमिका रहने समेत बताए ।
सो अवसरमा बोल्दै चलचित्र क्षेत्रका पत्रकार तथा निर्देशक दिनेश डिसीले कलाकारिता र पत्रकारिताले देशको संस्कृतिलाई समेत जोगाउने भएकाले समग्र चलचित्र क्षेत्रका सबैको जीवनयापनसँग जोडिएको कलाकारिताको प्रगतिमा पत्रकारको योगदान हुनुपर्ने मा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij