२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीको पिपरहवा माविको अध्यक्षमा बैजनाथ अग्रहरी

आइतवार , फाल्गुण ६, २०८०

 

भैरहवा, ६ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ पिपरहवास्थित श्री पिपरहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बैजनाथ अग्रहरी सर्वसम्मत चयन भएका हुन् । अभिभावक भेलाबाट चयन भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य जयंत्री थारुको संयोजकत्वमा आइतबार बैठकले अग्रहरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा जयंत्री थारु, निर्मला हरिजन, सुनिता केवट, सञ्जय कोहार र राजवन्ती कोहार रहेका छन् । अध्यक्षमा चयन भएका अग्रहरी जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता हुन् ।

WhatsApp Image 2024-02-18 at 4.42.47 PM.jpeg

विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सम्बन्धित वडाका जनप्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । सोहीअनुसार विद्यालयको पदेन सदस्यमा रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री र सदस्य सचिवमा प्रधानाध्यापक मुबारक अली रहेका छन् ।

त्यस्तै विद्यालयमा सल्लाहकार समिति गठन गरिएको छ । विद्यालयको प्रमुख सल्लाहकारमा केशवराज प्रसाद केवट, सल्लाहकारमा नन्दलाल यादव, दिनेश यादव र रुदल पासी रहेका छन् ।