२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कक्षा १२ उत्तीर्णलाई काशीमा सम्मान तथा विदाई

शुक्रवार , माघ ३०, २०७७

भैरहवा, ३० माघ । 
काशी नोबल एकेडेमी सिद्धार्थनगरले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई शुक्रबार सम्मान तथा विदाई गरेको छ । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षताम भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम जैसीले उच्च शिक्षाको अध्ययनमा विशेष ध्यान दिन विद्यार्थीलाई आग्रह गरे । 

कार्यक्रममा सफल विद्यार्थीलाई विद्यालयले मायाको चिनो पनि प्रदान गरेको थियो । कार्यक्रममा सिद्धार्थनगरमै सर्वोत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी सिद्धान्त पाण्डेलाई प्रमाणपत्र तथा नगदबाट सम्मानगरिएको थियो ।

सो अवसरमा बोल्दै विद्यालयका सहायक प्राचार्य श्री रायमाझीले ठुलो मान्छे नभएर असल मान्छे बन्नुपर्ने बताए । कार्यक्रममा शिक्षक निर्मल हुमागाई, उत्तीर्ण विद्यार्थीको तर्फबाट ज्योति धवल, सिद्धान्त पाण्डे लगायतले बोलेका थिए । विद्यालयका शिक्षक हरि आचार्यको स्वागतमा तथा दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । काशी नोबल एकेडेमीमा यो वर्ष ६९ जनाले १२ उत्तीर्ण गरेको एकेडेमीका लेखा प्रमुख विपिन शाहले बताए ।