images

आइतवार, बैशाख १६ गते २०८१

भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

images
images
images
सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • भारतीय पर्यटक बढाउन बजारीकरण जरुरी : मुख्य सचिव अर्याल

    बुटवल, ७ फागुन । 
    नेपाल सरकारका मुख्य सचिव डा. वैकुष्ठ अर्यालले नेपालका पहाडी इलाकामा बनेका केबलकारहरुमा धेरै भन्दा धेरै भारतीय पर्यटक आकर्षित गर्न बजारीकरणलाई प्राथमिकता दिनुपर्ने औंल्याएका छन् । 

    images

    बुटवलको लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवी मन्दिर दर्शनपछि सञ्चारकर्मीसँग बोल्दै मुख्य सचिव अर्यालले नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार पर्यटन भएको र पछिल्लो समय केबलकारहरु आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको बताए । 

    मुख्य सचिव अर्यालसहित प्रधानमन्त्री कार्यालयका मुख्य सचिव एकनारायण अर्याल, लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्याल, प्रधानमन्त्री कार्यालयका सह– सचिव खुमराज कोइराला र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुम्बिनी केबलकारको तल्लो र माथिल्लो स्टेशनमा बनेका पर्यटकीय पूर्वाधारको अवलोकन गरेका थिए । 

    मुख्य सचिव अर्यालले भारतको उत्तर प्रदेशमा मात्रै २४ करोड हाराहारी जनसंख्या रहेकाले त्यो जनसंख्याको सानो हिस्सालाई हरेक वर्ष नेपालका पहाडी इलाकामा बनेका केबलकारमा ल्याउन सके देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेे औंल्याए । 
    निजी क्षेत्रले ठूलो लगानीमा तयार गरेका पर्यटकीय स्थलको बजारीकरणमा साथ दिन सरकार तयार रहेको पनि उनले बताए । ‘भारत उत्तर प्रदेशका नागरिकलाई नेपालको पहाडी इलाका र त्यसमाथि केबलकार नौलो र रमणीय गन्तव्य हो, त्यसैले यस्ता गन्तव्यको भारतसम्मै बजारीकरण गर्न जरुरी छ, त्यसमा निजी क्षेत्रले गर्ने अभियानमा सरकारले पनि सहयोग गर्नुपर्छ’–मुख्य सचिव अर्यालले भने ।  

    सो अवसरमा केबलकारका अपरेसन म्यानेजर दिल्लीनारायण कायस्थ सैजूले केबलकारको टप स्टेशनमा ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, १ हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित पाँचतारे होटेल बनाउने योजना रहेको मुख्य सचिवलाई जानकारी गराए । उनले कम्पनीले प्र्रत्येक टिकट दरको १–१ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय करवापत दिंदै आएको जानकारी समेत गराए । 

    लुम्बिनी प्रदेश सरकारकी प्रमुख सचिव राधिका अर्यालले लुम्बिनी केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएकाले यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान दिने भएकाले यसको प्रवद्र्धन र बजारीकरणमा प्रदेश सरकारको साथ रहने बताइन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij