images

आइतवार, बैशाख १६ गते २०८१

ऋणीको सहमति बिना ब्याजदर बढाउने गलत अभ्यासको अन्त्य गर्नुपर्छ : सांसद् घिमिरे

ऋणीको सहमति बिना ब्याजदर बढाउने गलत अभ्यासको अन्त्य गर्नुपर्छ : सांसद् घिमिरे

images
images
images
सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • ऋणीको सहमति बिना ब्याजदर बढाउने गलत अभ्यासको अन्त्य गर्नुपर्छ : सांसद् घिमिरे

    काठमाडौं, ७ फागुन ।

    images

    प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले बैंकको ब्याजदर थप घटाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा टेबल भएको बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्वान्तिक छलफलमा सहभागी हुँदै सांसद् घिमिरेले हाल घटाइएको ब्याजदर नगण्य रहेकोले ऋणीले महसुस गर्ने गरी बैंकको ब्याजदर घटाइनुपर्नेमा जोड दिएका हुन् ।

    ७÷८ प्रतिशत ब्याजदरमा ऋण लिएर काम थालेका व्यवसायीले अहिले १४÷१५ प्रतिशतसम्म ब्याजदर तिर्नुपरेको उल्लेख गर्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् घिमिरेले जबसम्म बैंकको ब्याजदर व्यवसायीलाई महसुस दिलाउने गरी घट्दैन, तबसम्म बैंकिङ्ग कसुरका घटनाहरु न्यूनीकरण नहुने स्पष्ट पारे । बैंक तथा वित्तीय संस्थाले ऋणीको सहमति बिना ब्याजदर बढाउने गलत अभ्यासको अन्त्य गर्नुपर्नेमा उनको भनाइ छ ।

    खातामा रकम छ भनेर अर्को व्यक्तिलाई चेक दिइ ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित र दण्डित गर्नुको विकल्प नरहेको चर्चा गर्दै उनले बैंकिङ्ग कसुरका घटनालाई निरुत्साहित गर्न नसके बैंकिङ्ग सेवाप्रतिको विश्वसनितामा कमी आउने स्पष्ट पारे ।

    ‘यसर्थ सरकारले बैंकिङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारवाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाइ सो उपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा व्यवस्था गर्न ल्याएको यो विधेयक समय सान्दर्भिक छ, ’उनले भने ।

    एक जनाको ठगी नियतले अर्को व्यक्ति पनि परिस्थितिवश चेक अनादारको मारमा पर्ने गरेको बताउँदै सांसद् घिमिरेले विधेयकमा चेक बाउन्सका मुद्दामा जुनसुकैं अवस्थामा पनि मिलापत्र हुने व्यवस्था गरिनु सकारात्मक रहेको उल्लेख गरे ।

    पछिल्लो समय चेक बाउन्सका घटना बढेको चर्चा गर्दै उनले आर्थिक मन्दीको असरले पनि बैंकिङ्ग कसुरका घटनाहरु बढ्दै गएको बताए ।  आर्थिक मन्दीबाट मुलुकलाई कसरी पार लगाउने भन्ने विषयमा सरकारले समयमै सोच्नुपर्ने अवस्था आएको उनले जोड दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij