images

बिहिवार, बैशाख २० गते २०८१

खेलकुदको विकासले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउँछ : मन्त्री पाण्डेय

खेलकुदको विकासले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउँछ : मन्त्री पाण्डेय

images
images
images
सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • खेलकुदको विकासले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउँछ : मन्त्री पाण्डेय

    भैरहवा, ७ फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुदको विकासले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताएका छन् । उनले खेलकुद र पर्यटन क्षेत्र एक–अर्काका परिपूरक भएको बताए ।

    images
    images
    images

    जिल्ला खेलकुद विकास समिति कपिलवस्तुको आयोजनामा आइतबारदेखि तौलिहवामा सुरु भएको १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को उद्घाटन समारोहमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले विभिन्न खेलका माध्यमले नेपाली खेलाडीले मुलुकलाई विश्वमै चिनाएको बताए । उनले भने, ‘यो २१ औं शताब्दीमा लुम्बिनी र सगरमाथासँगै खेलाडीको माध्यमले विश्वले नेपाललाई चिनेको छ ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश क्रिकेटको उर्वरभूमि भएको बताए । उनले काठमाडौं भनेकै नेपाल र नेपाल भनेकै काठमाडौं भन्ने सोचबाट माथि उठ्नुपर्ने बताए । उनले यस वर्ष काठमाडौं बाहिर पनि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना हुनु सराहनीय रहेको बताए । लुम्बिनी प्रदेशमा रहेका रंगशालाहरुलाई थप व्यवस्थित गर्दै जाने उनको भनाइ छ।

    नयाँ नेपाल भन्दा पनि नेपाललाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । यही पिढीले नै नेपालमा परिवर्तन ल्याउँछ भन्ने सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij