२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोज्यो : केपि ओली

सोमवार , फाल्गुण ७, २०८०

काठमाण्डौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन् ।

सोमबार काठमाडौं राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको भेलालाई सम्बोधन गर्दै ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका हुन् ।

उनले वर्तमान सरकारले प्रजातान्त्रीक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताए । प्रजातान्त्रीक मूल्यमान्यतालाई स्थापीत गर्न खोज्दा एमाले सरकारलाई सरकारमा रहेका र प्रतिपक्षीहरुले सहयोग नगरेको उनले बताए । ओलीले मुलुकमा केहि थिति बसालेपनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको बताए ।

त्यस्तै उनले गैर सहकारी व्यक्तिहरु सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए । नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बद्नाम भएको उनले बताए ।