२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शिशु ज्ञानकुञ्ज मन्टेश्वरीले मनायो १२ औं वार्षिकोत्सव

मंगलवार , फाल्गुण ८, २०८०

बुटवल, ८ फागुन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित शिशु ज्ञानकुञ्ज मन्टेश्वरी स्कूलले १२ औ अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । समारोहको उद्घाटन गर्दै बुटवल उपमहानरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले शिशु ज्ञानकुञ्जले बालबालिकाको भविष्यमा ज्ञानको भण्डार भर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरिन् । 

उपप्रमुख अर्यालले बालबालिकाको हेरचाह र विकाससँगै मन्टेश्वरीहरुले पछिल्लो समय उत्कृष्ट काम गरेको बताउँदै शिशु ज्ञान कुञ्जले शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरिन् ।   

नेपाल सरकारका पूर्व उपसचिव सबिता निरौलाले शिशु ज्ञानकुञ्जले अभिभावकहरुको विश्वास जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अग्रसर हुन आग्रह गरिन् । निरौलाले अभिभावकसँगै अतिथिको भूमिकाबाट हेर्दा पनि मन्टेश्वरीले शिक्षाको क्षेत्रमा फड्को मारेको भन्दै उपमहानगरमै उत्कृष्ट, सुरक्षित, असल संस्कारसहितको पाठशालाको रुपमा स्थापित हुन शुभेच्छा प्रकट गरिन ।

ज्ञानकुञ्जका प्रधानाध्यापक रिता शर्माले हाल विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि विद्यालय पठाएर शैक्षिक क्षेत्रमा सेवा गर्ने अवसर दिएको भन्दै सम्पूर्ण अभिभावकलाई धन्यवाद व्यक्त गरिन् । शर्माले हाल ३ सय भन्दा बढी विद्यार्थीले पठनपाठन गरिरहेको जानकारी दिइन् । 

कार्यक्रममा विद्यालयका सदस्य डा. नारायण पन्थ, पूर्व प्राचार्य विमला रावल, अभिभावक निलम थापा ज्ञवालीले बोल्दै मन्टेश्वरीमा आएको नयाँ पाठ्यक्रमलाई पछ्याउदै पठनपाठन गराउँदा बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बालबालिकाहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम चन्दा रावलको अध्यक्षता तथा तुलसी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।