
मंगलवार , फाल्गुण ८, २०८०
भैरहवा, ८ फागुन ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीले सोमबार अभिभावकीय भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । भैरहवामा भएको उक्त कार्यक्रममा प्रशिक्षक बालकृष्ण शर्माले सहजीकरण गरेका थिए ।
एकेडेमी सञ्चालक समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा अधिकृत जानह्वी पाण्डेले अहिलेको अवस्थामा विद्यार्थीहरुलाई अभिभावकले निकै ध्यान दिनुपर्नेमा जोड दिइन् । विद्यार्थीले गरेका हरेक गतिविधिहरुमा चनाखो हुनुपर्नेमा उनले आग्रह गरिन् ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन विद्यालय कोर्डिनेटर हरि प्रसाद आचार्यले गरेका थिए । सो अवसरमा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष अजय कुमार गुप्ता, सल्लाहकार टोपबहादुर रायमाझी, पुर्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij