२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल नालन्दाले मनायो २८ औं वार्षिकोत्सव

मंगलवार , फाल्गुण ८, २०८०

भैरहवा, ८ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सोमबार विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आफूलाई यहाँसम्म पुर्याउन अभिभावक र शिक्षिकशिक्षिका महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले भनिन्, ‘उहाँहरुको साथ, सहयोग र हौसला नभएको भए म यहाँसम्म आउन सक्थिन । ’

उपप्रमुख अधिकारीले आफ्ना अधिकारका लागि लड्न शिक्षा महत्वपूर्ण हतियार भएको उल्लेख गरिन् । उनले छोरीको विवाहको लागि हतार गर्नुभन्दा उच्च शिक्षामा प्राथमिकता दिन आग्रह गरिन् । छोरा र छोरीबीच भेदभाव नगर्न उनले आग्रह गरिन् ।

IMG_7263.JPG

कार्यक्रममा प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्वअध्यक्ष भरत गिरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, नेपाल नालन्दा आवासीय मावि सञ्चालक समिति सदस्य मंगल भण्डारी, विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डे, प्रिन्सिपल युवराज पोख्रेल, विद्यालयका अभिभावक एवं लुम्बिनी साँस्कृतिक नगरपालिकाका कृषि शाखाका राजेन्द्र चौधरी, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले भनाइ राखेका थिए । विद्यालयका शिक्षक कबिर रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_7275.JPG

कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए भने शिक्षकशिक्षिका तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
आफ्नो २८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले शुक्रबार विद्यालयमा फूड फेस्टिबल समेत आयोजना गरेको थियो ।