images

आइतवार, बैशाख १६ गते २०८१

नेपाल बहुमुखीमा आधारभूत सहकारी शिक्षा तालिम

नेपाल बहुमुखीमा आधारभूत सहकारी शिक्षा तालिम

images
images
images
मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • नेपाल बहुमुखीमा आधारभूत सहकारी शिक्षा तालिम

    भैरहवा, ८ फागुन ।
    नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड भैरहवाको आयोजनामा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । सहकारीमा आबद्ध सदस्यहरुलाई सहकारी शिक्षाका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिममा सहकारी संस्थाका करिब ३५ जना नयाँ सदस्यहरुको सहभागिता थियो ।

    images

    संस्थाका अध्यक्ष भानु पौडेलको अध्यक्षता, कोपिला मरासिनी न्यौपानेको स्वागत तथा सहकारीको शिक्षा विभाग प्रमुख मोतीप्रसाद पौडेलेको सञ्चालनमा भएको तालिमको उद्घाटन संस्थाका पूव अध्यक्ष बाबुराम भट्टराईले गरेका थिए । सो अवसरमा सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलाकान्त खनाल र संस्थाका अध्यक्ष भानु पौडेलले सहकारी शिक्षाको बारेमा प्रशिक्षण दिएका थिए ।

    पछिल्ला दिनहरुमा सहकारी संस्थाहरुले बचतकर्ताको निक्षेप जोखिममा पारेको समाचारहरु सार्वजनिक भएका बेलामा सदस्यहरुलाई सचेतना पार्न तालिमले सहयोग पुर्याएको नयाँ सदस्य शेरबहादुर सुनारले जानकारी दिए । सो अवसरमा संस्थाका अध्यक्ष तथा प्रशिक्षकहरुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सहकारी संस्थामा सदस्य हुनुपूर्व पर्याप्त जानकारी हुनुपर्ने र सदस्यहरु स्वयं सजग हुनुपर्नेमा जोड दिएका थिए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij