images

बुधवार, बैशाख १९ गते २०८१

संस्कृतिको संरक्षणमा जुट्नुपर्छ : मन्त्री पाण्डेय

संस्कृतिको संरक्षणमा जुट्नुपर्छ : मन्त्री पाण्डेय

images
images
images
शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • संस्कृतिको संरक्षणमा जुट्नुपर्छ : मन्त्री पाण्डेय

    भैरहवा, ११ फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले संस्कृतिको संरक्षणमा जुट्नुपर्ने बताएका छन् । उनले संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

    images
    images
    images

    रुपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित मुडिलामा आयोजित महायज्ञमा मन्त्री पाण्डेयले आफूले मान्ने धर्मको संरक्षण गर्दै सबै धर्मको सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘यो महायज्ञमा भारतबाट व्यक्तित्वहरु आउनुभएको छ । अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ । नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्छ ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले मर्चवार क्षेत्रको समस्या समाधानका निम्ति लागिपरेको बताए । उनले मर्चवारलाई विकसित, शिक्षित र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । 

    मन्त्री पाण्डेयले भगवान गौतमबुद्धको जन्मस्थल पवित्रभूमिमा धार्मिक कार्यक्रमहरु आयोजना गर्नु सराहनीय रहेको बताए । उनले पर्यटकै माध्यमबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए । लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउन सकिने उनले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij