images

बुधवार, बैशाख १९ गते २०८१

नवनियुक्त योजना प्रमुख भट्टलाई लुम्बिनीमा स्वागत

नवनियुक्त योजना प्रमुख भट्टलाई लुम्बिनीमा स्वागत

images
images
images
सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • नवनियुक्त योजना प्रमुख भट्टलाई लुम्बिनीमा स्वागत

    लुम्बिनी, १४ फागुन । लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख स्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले खादा लगाएर स्वागत गरेका हुन् । 

    images
    images
    images

    स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए । नवनियुक्त योजना प्रमुख भट्टसँग ठुलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टीमवर्क आवश्यक रहेको उनले बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नयाँ योजना प्रमुखलाई स्वागत गर्दै टीमवर्कमा काम गर्ने बताए । 

    नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै कोषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयोग गर्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा निवर्तमान योजना प्रमुख एवं वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले पुराना कुरा बिर्सेर आगामी योजना निर्माण गर्नुपर्ने बताए । उनले नवनियुक्त योजना प्रमुख सहकार्य र सहयोग गर्न तयार रहेको बताए । प्राविधिक फाँटको प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेको सन्दर्भमा महिला प्रमुख हन सुखद भएको उनको भनाइ थियो । 

    कार्यक्रममा कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्वराज पौडेल र कर्मचारीहरूको सहभागीता रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij