२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा १२ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै

बुधवार , फाल्गुण १६, २०८०

भैरहवा, १६ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा १२ हजार बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

फागुन १३ देखि सुरु भएको दादुरा–रुबेला खोप अभियान फागुन १८ गतेसम्म सञ्चालन हुने रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले बताए । रोहिणीमा १२ हजार ७७ जना बालबालिकालाई यो खोप लगाइने उनले जानकारी दिए ।

‘प्रत्येक विद्यालयमा खोप केन्द्र राखिएको छ, कुनै पनि बालबालिका खोप लगाउनबाट वञ्चित नहोउन् भनेर लागिपरेका छौं, ’चौधरीले भने । नियमित खोपसँगै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइएको उनले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइएको बताए । उनले खोप अभियानमा स्वास्थ्यकर्मीको टीम खटिएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले खोप केन्द्रमा पुगेर अनुगमन गरिएको बताइन् ।

यसैबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, सूचना तथा सञ्चार प्रविधि अधिकृत निता पौडेललगायतले खोप केन्द्रहरुमा पुगेर मंगलबार अनुगमन तथा निरीक्षण गरेका छन् ।

IMG_8268.JPG
IMG_8270.JPG
nkl.jpg

रुपन्देहीमा ९ महिनादेखि १५ वर्षमुनीका ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।