शनिवार , फाल्गुण १९, २०८०
लुम्बिनी, १९ फागुन ।
भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन भएको छ । एक समारोहकाबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)। आठौं संघ नायक भिक्षु बोधिसेन महास्थवीर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्रा. धम्मशोभन महास्थवीर, अखिल नेपाल भिक्षु महासंघ सचिव भिक्षु निग्रोध महास्थवीरले रिवन काटेर उद्घाटन गरिएको हो ।
विहार उद्घाटन पछि कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शान्ति खोज्ने सबै भगवान् गौतम बुद्धको अनुयायी भएको बताएका छन् । ज्ञान र शान्ति शास्त्रबाट मात्र होइन, ज्ञान आफै भित्रबाट पाइने कुरा उजागर गर्दै उपाध्यक्ष डा. लामाले आज सबै बौद्धमार्गी मात्र नभइ सबै मानव समाज उनका विचारलाई सूत्रका रुपमा प्रयोग गर्दै खुसी भइरहेको समेत बताएका छन् ।
विहारभित्र बुद्ध मूर्ति एवं अभ्यास कक्षहरु स्थापना गरिएको छ । विहारभित्र पूजा तथा प्रार्थना कक्ष, भिक्षु कक्ष, भिक्षु आवासलगायतका संरचना छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij