२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

युएईका राजदूतद्वारा लुम्बिनी भ्रमण

मंगलवार , फाल्गुण २२, २०८०

  • 790
    Shares
  • 790
    Shares
  • लुम्बिनी, २२ फागुन ।
    नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल साहम्सीले सोमबार बुद्व जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । राजदुत अब्दुल्लाहलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण) ले स्वागत गरे । कोषाध्यक्ष भट्टराईले लुम्बिनीबारे जानकारी दिदै युईएका नागरिकलाई लुम्बिनस् भ्रमणका लागि अनुरोध गरे ।

    भ्रमणका क्रममा लुम्बिनस्मा मुस्लिम समुदायका तीर्थालुहरू समेत देखिएकाले यहाँको धार्मिक सदभावबाट प्रभावित भएको बताए । राजदुत अब्दुल्लाहले शान्ति दीप, मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भको अवलोकन गरेका थिए ।

    WhatsApp Image 2024-03-04 at 6.14.26 PM.jpeg

    उक्त अवसरमा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य रामनरेश कोहार, प्रेस विज्ञ विनोद परियार, सुचना शाखाका दिलिप राई लगायतको उपस्थिति रहेको थियो । राजदुत अब्दुल्लाहलाई लुम्बिनीबारे सुचना शाखाका राईले ब्रिफिङ गरेका थिए ।