images

बिहिवार, बैशाख २० गते २०८१

होटल पौवा भैरहवा ‘अतिउत्तम’

होटल पौवा भैरहवा ‘अतिउत्तम’

images
images
images
सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • होटल पौवा भैरहवा ‘अतिउत्तम’

    भैरहवा, २८ फागुन ।
    खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले होटल पौवा भैरहवालाई अतिउत्तम वर्ग (ए ग्रेड) दिएको छ ।
    पौवाले खाद्य स्वच्छता स्तर अन्तर्गत ‘क’ वर्गको अतिउत्तम स्तर प्रमाणपत्र पाएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

    images
    images
    images

    खाद्य व्यवसायको निरीक्षण टोलीले पौवाको क्यान्टिन निरीक्षण गर्दा न्यूनतम मापदण्ड पुरा गरी अतिउत्तमस्तरको लोगोसहित स्टीकर प्रदान गरेको भण्डारीले जानकारी दिए । स्वादिलो तथा स्वस्थकर खाना, नास्ता उपलब्ध गराउँदै होटल पौवा ग्राहकको रोजाइ बन्न सफल भएको भण्डारीले बताए । 

    यो स्तरीकरण पाउँदा निकै खुसी लागेको भण्डारीले बताए । उनले भने, ‘पौवाको ग्रुप, होटलका कर्मचारीको मिहिनेत तथा ग्राहकवर्गको सुझाव र सहयोगका कारण यो ग्रेड पाएका छौं । होटलले आगामी दिनमा पनि यो स्तरीकरणलाई जारी राख्न लागिपर्नेछ ।’ 

    खाद्य प्रविधि कार्यालयले खाद्य स्वच्छता स्तरमा क–अतिउत्तम, ख–उत्तम, ग–सन्तोषजनक र घ–सामान्य गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । होटल पौवाले पाएको वर्गीकरण सबैभन्दा उत्कृष्ट स्तरको हो ।

    होटल पौवाले ‘क’ वर्ग अर्थात अतिउत्तम होटलको स्टिकर पाएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले उपलब्ध गराएको उत्तमस्तरको लागोसहित स्टीकर आइतबार होटलमा टाँसिएको छ ।

    pauwwww.jpg

    पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुको गोरुसिंङ्गेमा १, दाङको भालुवाङ्ग, लमही र घोराहीमा गरी ३, पाल्पाको तानसेनमा १, गुल्मीको रेसुङ्गामा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा सञ्चालनमा आइसकेका छन् ।

    शाखा विस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । साथै केही दिन अगाडी नेपालगंजमा पाँचतारे होटल सञ्चालनको लागि शिलान्यास समेत गरिसकेको छ ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij