२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

ग्रील तथा स्टील व्यवसायी संघले मनायो ११ औं स्थापना दिवस

मंगलवार , फाल्गुण ४, २०७७

बुटवल, ४ फागुन । 
ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको ११ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा संघले स्थापनाकालदेखि हालसम्मका कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मान गर्नुका साथै व्यवसायीहरुका लागि निशुल्क दन्त शिविर समेत गरेको छ । 

स्थापना दिवसको अवसरमा व्यवसायीका समस्याबारे छलफल समेत भएको र हरेक पालिकामा छुट्टै ग्रील जोन स्थापना गरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित स्थानीय तहरुमा पहल जारी राख्नेमा जोड दिइएको संघका अध्यक्ष तुलबहादुर सारुले बताए । 

एकीकृत ग्रील जाने स्थापना हुन सके सबै व्यवसायी करको दायरामा आउने, दर रेटमा एकरुपता हुन गई उपभोक्ता लाभान्वित हुने, उत्पादनको गुणस्तर वृद्धि हुने, वातावरण संरक्षण हुने अध्यक्ष सारुले बताए । 

कार्यक्रममा संघका संस्थापक अध्यक्ष अशोक कुमार वर्मा, पूर्व अध्यक्ष तथा सल्लाहकार दिल बहादुर राना, वरिष्ठ सल्लाहकार लेखनाथ पौडेल, कमल प्रसाद उपाध्याय, उपाध्यक्ष तुलसी खनाल, सचिव धुवमणि ज्ञवाली लगायतले अस्वस्थ प्रतिष्पर्धा नगरी व्यवसायिक एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा चिठ्ठामार्फत वेल्डिङ मेसिन, ग्रेण्डर, कटर लगायतका पुरस्कार समेत वितरण गरिएको थियो । त्यस्तै संस्थाको संस्थापकहरु र संस्था माताहतका इकाई संयोजकहरुलाई समेत सम्मान गरिएको थियो ।