२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

तिलोत्तमामा आवास विकास परियोजना सुरु

मंगलवार , फाल्गुण ४, २०७७

बुटवल, ४ फागुन । 
लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारीमा आवास विकास परियोजना सुरु गरेको छ । एकीकृत बस्ती विकासबाट थोरै जग्गामा धेरै घरनिर्माण गर्ने लक्ष्यसहित ६ विगाहा क्षेत्रफलमा पहिलो परियोजना सुरु गरेको हो । 

सरकारको स्मार्ट आवास सेवाको अवधारणा अनुसार नगरपालिकाको सहजीकरणमा सुरु भएको प्रा.लि.का अध्यक्ष नेत्रलाल बनले बताए । जहाँ गु्रप ए र बी गरी कुल १ सय २३ वटा अढाई तल्ला घरहरु निर्माण हुने छन । ग्रुप ए मा ३८ वटा, ग्रुप बी मा ८५ वटा घरहरु बन्नेछन् । ग्रुप ए मा पर्ने घरको क्षेत्रफल १४ धुर र भवन २ हजार ९ सय स्क्वायर फुट र ग्रुप बी मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २ हजार २ सय स्क्वायर फुट रहनेछन । 

परियोजनास्थल कम्पाउण्डभित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरी अत्याधुनिक कर्मसियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ पुल, चिल्ड्रेनपार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब र रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, ग्रिन जोन रहनेछन् । परियोजना स्थलभित्र मुल बाटो २६ फुट र सहायक बाटो २४ फुटको रहनेछन। परियोजनाका नक्शा, डिजाईनसहितको डीपीआरको काम काठमाण्डौको एक्ट्रास्पेश टेक्निकल कन्सल्टले गरेको छ । तीन वर्षमा सम्पन्न हुने लक्ष्य रहेको परियोजनाको कुल लागत २ अर्ब बढिरहेको छ ।

परियोजना निर्माणस्थलको माटो परीक्षण गरी त्यसको आधारमा नक्शा डिजाइन गरेर बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक, ढल निकास, खानेपानी व्यवस्थापन, टेलिफोन, विद्युत जस्ता पूर्वाधार विकास गरिने संचालक विष्णु प्रसाद भुसालले बताए । प्रा.लि.का म्यानेजर यदुराज बरालले सर्वसाधारणका लागि बुकिङ खुल्ला गरिएको बताए ।