images

सोमवार, बैशाख १७ गते २०८१

नियात्रा

नियात्रा

images
images
images
शुक्रवार, चैत्र २ २०८०
शुक्रवार, चैत्र २ २०८०
  • नियात्रा

    बिहान घाम उदाउनु भन्दा अगाडि निद्रा टुट्यो । खासमा यात्राको लागि आवश्यक सामानको व्यवस्थापन गर्नको लागि हतपत नित्यकर्म गरी केही थान कपडा ब्रस रुमाल अनि मोबाइल चार्जर राखेर झोला मिलाए । सबथोक मिलेपछि घरबाट लुम्बिनीसम्म पुर्याउन दुर्गेश दाजुलाई गुहारे र परिवारको आर्शीवाद लिई बिदा भए । घरबाट लुम्बिनीसम्म दुर्गेश दाजुले मोटरसाइकलमा छोड्नुभयो । म तौलिहवा जाने बसमा चढ्न पर्साचोकमा चढे र तौलिहवा पुगे अनि त्यहाँबाट खुनुवा बोर्डर भारत–नेपालको नाका ।

    images

    जहाँ यात्राका प्रमुख दुई यात्री आलोक सर र दिपेन्द्र दाजु मलाई कुर्दै थिए । म ढोग र अभिवादनको कोरम पूरा गरी यात्राको केहीको छलफल गरी आफ्नो पहिचानपत्र देखाइ भारतमा प्रवेश गर्यों ।

    अनि टेम्पोमा चढी बस्ती भन्ने शहर पुगियो जहाँबाट टिकट थियो । अवध एक्सप्रेस रेलगाडी आयो हामी समान लिएर आफ्नो सिटमा बस्यो रेलको यात्रा रमाइलो ‘चाय लेलो ताजा गरम’ समोसे, पानी आदि बेच्नेवालाको आवागमन भइरहेको थियो । यात्राको सबैभन्दा राम्रो पक्ष हुन्छ भारतमा विद्यमान नयाँ संस्कृति पहिरहन, भाषा तथा मानवीय व्यवहार हुँदाहुँदै ३६ घण्टाको दौरानमा हामी तीनजना यात्रीहरु बिहार, उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान अनि गुजरातको मान्छेहरुको गुण विशेषताको बारेमा गफसफ हेर्दै हामी गुजरातको किममा पुग्यो । किममा फुफुको घर भएकोले एक दिन आराम गर्न हामी फुपुको घर गयौं । र, फुफुको परिवार र घरायसी भलाकुसारीमा खुब रमायौं ।

    नेपाल र भारतको तीर्थस्थल र हाम्रो गन्तव्य सोमनाथको विषयमा चर्चा गरी भोलिको लागि किमबाट बर्नावलसम्मको जाने रेलगाडीमा टिकट काटियो र भोलि घामसँगै उठेर हामी यात्राको लागि तयार भयो । यात्रीहरुमा फुपुको घरबाट एकजना सुदीप भाइ पनि जोडिनुभयो । उहाँ जोडिदा गुजराती भाषा पढ्न र बोलेको बुझ्न सजिलो भयो, अब हामी चार यात्री भयो । झण्डै ७ घण्टाको यात्रा पश्चात् हामी बर्नावल जक्सनमा पुग्यो । बिहानको समय भएकोले नित्यकर्म हुनको लागि टेम्पो चढेर होटेलमा गयो । र अब यात्रा सुरु भयो ‘सोमनाथ मन्दिर’ जुन दक्षिण एसियास्थित भारत वर्षको गुजरात प्रदेशस्थित अत्यन्त प्राचीन एवं ऐतिहासिक शिव मन्दिर हो । र यो मन्दिर १२ ज्योतिर्लिंगमध्ये सर्वप्रथम ज्योतिर्लिंगको रुपमा मान्यता रहेको र जसको निर्माण स्वयं चन्द्रदेवले गर्नुभएको कुरा ऋग्वेदमा उल्लेख भएका कुरा मन्दिर परिसरमा उल्लेख छ ।

    मन्दिरलाई हिन्दू सनातन धर्मको उत्थान–पतनको इतिहासको प्रतीक मानिन्छ । यो मन्दिर विश्व प्रसिद्ध धार्मिक पर्यटनस्थल हो ।  मन्दिरको व्यवस्थापन तथा सञ्चालन कार्य सोमनाथ ट्रस्टको अधीनमा रहेको छ । खास गरी तीर्थमा तिर्थालु पितृगण श्राद्ध, नारायण बलि आदि कर्मको लागि आउने गर्छन चैत, भाद्रपद, कार्तिक तीन महिना यहाँ श्रद्धालुहरुको भीड हुन्छ । मन्दिर नजिकै तीन नदी हिरण, कपिला र सरस्वतीको महासंगम पनि रहेको छ । त्रिवेणी स्नानको लागि विशेष महत्व रहेको कुरा प्राचीन हिन्दू ग्रन्थहरुमा उल्लेख गरिएको छ । राजा दक्षको २७ कन्याको विवाह गरी रोहिणी नामक आफ्नी पत्नीलाई अधिक प्रेम गरेको चन्द्रदेवलाई क्रोधमा आई दक्षले चन्द्रदेवलाई क्रान्ति क्षीण होस भनी चन्द्रदेवलाई श्राप दिएको र सो श्रापबाट उन्मुक्ति फलस्वरूप चन्द्रदेवले भगवान शिवको आराधना गरी भगवान शिव प्रसन्न भइ सोम–चन्द्रलाई श्राप मुक्त गरेको कारण मन्दिरको नाम ‘सोमनाथ’ पर्न गयो ।

    मन्दिरको लोकप्रियतामा लोककथा अनुसार भगवान श्रीकृष्ण यही मन्दिरमा आफ्नो देहत्याग गर्नुभएको थियो । जसले थप यसको यस स्थानलाई अझ महत्व राख्दछ । मन्दिर ऐतिहासिक हुनुको साथै सनातनको अस्तित्व, मर्यादा, धैर्य र अटुट विश्वासको प्रतीक मान्नैपर्छ किनकी सर्वप्रथम मन्दिर ईसा भन्दा पहिलादेखि अस्तित्वमा थियो । द्वितीय मन्दिरको पुर्ननिर्माण सातौं शताब्दीमा सद वल्लभीका मैत्रक राजाद्वारा भएको थियो ।

    तत्पश्चात आठौं शताब्दीमा सिन्धका अरबी गवर्नर जुनायदद्वारा नष्ट गर्न खोजे र फेरि गुर्जर प्रतिहार राजा नागभट्टद्वरा सन् ८१५ मा तेस्रो पटक पुर्ननिर्माण भयो । अरब यात्री अल–बरुनीको यात्रा वृतान्तमा उल्लेख गरे बमोजिम गÞजÞनवीले सन १०५० मा हजार सेनासहित आक्रमण सम्पत्ति लुटेर नष्ट मन्दिर मात्र नष्ट नगरी ५० हजार श्रद्धालु भक्तजनको निर्मम हत्या गरेको थियो । त्यसपछि गुजरातका राजा भीम तथा मालवाका राजा भोजद्वारा पुनः मन्दिरको पुर्ननिर्माण भयो । सन् १२९७ मा दिल्लीको सत्ताद्वारा मन्दिरमा पाँचौपटक आक्रमण गरी नष्ट गर्न कोशिष गरियो । पुनः मुगल बादशाह औरंगजेबले पनि सन् १७०६ मा मन्दिरको संरचना भत्काए । यो अहिलेको संरचना समय जो तत्कालीन गृहमन्त्री सरदार वल्लभ भाई पटेल सन् १९५५ मा को निर्माण गरियो । अहिले मन्दिर प्रांगणमा राती ७ः३०–८ः३० बजेसम्म एक घण्टा साउण्ड एण्ड लाइट शो देखाइन्छ ।

    सोमनाथ मन्दिरको इतिहासको सचित्र वर्णन गरिन्छ । एउटा उल्लेख गर्नुपर्ने कुरा के रहेको छ कि मन्दिरको परिसरमा दक्षिणतिर  बाण स्तंभमा रहेको छ र जसमा लेखिएको छ ‘आसमुद्रांत दक्षिण ध्रुव, पर्यंत अबाधित ज्योतिमार्ग’ जसको अर्थ हो समुद्रको त्यो बिन्दुदेखि दक्षिण ध्रवसम्म सीधा रेखा खिच्दा बिना अवरोध सोमनाथ मन्दिरदेखि दक्षिण ध्रुव अन्टार्टिकासम्म कुनै पहाड़ वा भूखण्ड आउँदैन जसले मन्दिरको छुट्टै पहिचान र महत्व देखाउँछ । यात्री साथीहरुसितको र श्रद्धालुसितको वार्तालापबाट मन्दिरलाई बारम्बार खण्डन तथा जीर्णोद्वार गर्दा पनि शिवलिंग यथावत रहिरहनु एक महादेवको शक्ति र अर्को सनातन धर्म अनुयायीहरुको दृढ विश्वासको प्रतीक हो जसको महत्व हिन्दु धर्मावलम्बीहरुले बुझ्नुपर्छ । साथै मन्दिर प्रांगणभित्र हनुमानजीको मन्दिर, पर्दी विनायक, नवदुर्गा खोडीयार, महारानी अहिल्याबाई होल्करद्वारा स्थापित सोमनाथ ज्योतिर्लिग, अहिल्येश्वर, अन्नपूर्णा, गणपत एवं काशी विश्वनाथ, अघोरेश्वर मन्दिर हाटकेश्वर मंदिर, देवी हिंगलाज मन्दिर, कालिका मन्दिर, बालाजी मन्दिर, नरसिंह मन्दिर, नागनाथ मन्दिरसमेत कुल ४३ मन्दिर नगरको लगभग १० किलोमीटर क्षेत्रभित्र स्थापित छन् ।

     

    adadad.jpg
    (चार यात्री बायाँबाट दिपेन्द्र दाजु, अरुण, आलोक सर, सुदिप भाई )

     

    सोमानाथ मन्दिर परिसर

    (प्रस्तुत नियात्रा किंवद्वन्ती, मन्दिर परिसरको लेखमा आधारित छ ।)

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij