२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा भारतीय कलाकार काकाली बोसको कार्यक्रम

आइतवार , चैत्र ११, २०८०

भैरहवा, ११ चैत ।
भारतीय राजदूतावास काठमाडौं, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार (चैत ११ गते) साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

आज बेलकी ५ बजेपछि आयोजना हुने कार्यक्रममा प्रख्यात भारतीय कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गर्ने कार्यक्रमका स्थानीय समन्वयकर्ता नेपाल–भारत मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।

कार्यक्रम लुम्बिनीको पूर्वि बिहार क्षेत्रको लुम्बिनी स्कवायरमा हुने छ । साँस्कृतिक कार्यक्रममा कलाकार काकाली बोसको नेतृत्वमा सुतनुका दास, अर्कोपला बोस, अर्घा चटर्जी, चिरासरी रोय, मम्पि दास, तनुजा मल्लिक, अन्नपुर्णा घोषको प्रस्तुती रहनेछ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि, लुम्बिनी विकास कोषका प्रतिनिधि, लुम्बिनीमा रहेका विभिन्न बिहारका प्रतिनिधी, उद्योगी, व्यवसायी, सर्वसाधारण, विद्यार्थी, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार साथै भारतीय दुताबासका प्रथम सचिव अविना कुमार सिंह, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुताबास काठमाडौंका निर्देशक डा. आसावारी बापट, भारतीय दुताबासका अटैची सत्येन्द्र दरिया लगायतको उपस्थिति रहने बताइएको छ । 

कार्यक्रममा उपस्थितिका लागि कुनै शुल्क नलाग्ने र जोसुकै आएर सहभागी हुन सक्ने स्थानीय समन्वयकर्ता नेपाल–भारत मैत्री मञ्चका अध्यक्ष अग्रवालले बताए । भारतीय दुताबासले लुम्बिनीमा विभिन्न कार्यत्रमmहरु गर्दै आएको छ ।