२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

वरिष्ठ उपाध्यक्ष कसजु स्थानीय आर्थिक विकास समितिमा मनोनित

बुधवार , फाल्गुण ५, २०७७

बुटवल, ५ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय आर्थिक विकास समितिको विशेष आमन्त्रितमा मनोनित गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित विशेष आर्थिक विकास समितिको विशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई मनोनित गरेका हुन् । 

महासंघलाई सशक्त रुपमा अंगाडी बढाउने कार्यमा समितिले विशेष योगदान पुर्याउने र समितिलाई क्रियाशिल बनाउने काममा कसजुको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गरेका छन् ।