images

मंगलवार, बैशाख १८ गते २०८१

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

images
images
images
मंगलवार, चैत्र २० २०८०
मंगलवार, चैत्र २० २०८०
  • लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुँदै

    भैरहवा, २० चैत । 
    बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चीनिया दुताबास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना आगामी चैत २३ र २४ गते लुम्बिनी अन्तराष्ट्रिय शान्ति महोत्सव हुने भएको हो । 

    images

    लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यको रुपमा विश्वव्यापी रुपमा प्रवद्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न लागिएको बताइएको छ । 

    लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सवसहित अन्तिर्राष्ट्रिय शान्ति म्याराथन, ध्यान दिवस र लसम्बिनी शान्ति कन्सर्ट गर्न लागिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।  

    कार्यक्रम अनुसार चैत २३ गते अन्तर्राष्ट्रिय ध्यान, सम्वाद कार्यक्रम र २४ गते अन्तर्राष्ट्रिय शान्ति म्याराथन गरिनेछ। 
    प्रतियोगिताको पुरुषतर्फ अन्तराष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ ।

    पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

    लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको अवसरमा लुम्बिनीमा शान्ति कन्सर्ट समेत हुने छ । विश्व प्रसिद्ध गायिका आनी छोयिङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ र परम्परागत गायक तथा संगितकारहरुको प्रस्तुती रहने नेपालका लागि चिनियाँ राजदुतावासका मिसन उपप्रमुख वाङ सीनले जानकारी दिए ।  उनले लुम्बिनीमा हुने साँस्कृतिक कार्यक्रमले नेपाल र चीनबीचको साँस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै लुम्बिनीमा चिनिया पर्यटक आवागमनमा समेत वृद्धि हुने बताए ।  

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विगतबाट नै विश्व खेल दिवसमा लुम्बिनीमा विशेष खेलकुद कार्यक्रम गर्दै आएको बताए । यो पटक खेल गतिविधिसँगै आध्यात्मिक र साँस्कृतिक कार्यक्रमलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने गरी कार्यक्रम गर्न लागेको बताए ।  

    कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताउँदै प्रचारप्रसारका कार्यक्रममा जोड दिन जरुरी रहेको बताए । उनले शान्ति कार्यक्रम पहिलो भए पनि म्याराथन दोस्रोपटक हुन लागेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij