
बिहिवार , फाल्गुण ६, २०७७
भैरहवा, ६ फागुन ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड लिमिटेडले ई–रिक्साहरुलाई क्युआर कोड हस्तान्तरण गरेको छ । भैरहवामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक सुदिप फुयालले नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गरे ।
कार्यक्रममा डिजिटल बैकिङ्गको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनुपर्ने बताए ।
नेपाल ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरि बहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित बनाएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले क्यूआर कोड हस्तान्तरण गरे । सालझण्डी शाखा शाखा प्रबन्धक अञ्जली के.सी. को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसनतर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै जाने बताए । उनले ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij