images

शनिवार, बैशाख १५ गते २०८१

पशुशाला बन्दै सिद्दार्थनगर

पशुशाला बन्दै सिद्दार्थनगर

images
images
images
बुधवार, श्रावण २१ २०७७
बुधवार, श्रावण २१ २०७७
  • पशुशाला बन्दै सिद्दार्थनगर

    गौतम बुद्धको जन्मस्थल पवित्र स्थत लुम्बिनी जाने मुख्यद्वारको रुपमा रहेको सुन्दर नगर भैरहवा दिनानु दिन कुरूप बन्दै गईरहेकोछ । सिद्धार्थनगर सुन्दरताबाट कुरूपता तिर उन्मुख भएको छ । कुरुपता तिर जाने लागेका धेरै कारणहरुमध्ये एउटा कारण सहरमा छोडिएका पशु चौपायाहरु हुन् । सहरका सडकदेखि गल्लीहरुमा गाई, भैसी, गोरुहरुको बिगबिगी छ भने यिनीहरुले गरेका सौचले सडक र गल्लीहरु दुर्गन्धित छन् । साढेको आक्रमणबाट गत सोमबार बिहान आवारोडमा एक बृद्ध महिला जसोतसो जोगिईन । एकातिर सहरका गल्लि र सडकहरु दुर्गन्धका कारण यसबाट लाग्न सक्ने बिभिन्न किसिमका रोगहरुको  उच्च जोखिममा यँहाका बासिन्दाहरु छन् भने अर्को तिर लाखौ रुपैया खर्चेर सडक छेउमा रोपिएका बिरुवाहरु यी चौपयाहरुले नास गरिरहेका छन् । सडकमा भएको यिनीहरुको ज्यादती रोक्नका लागि यहाको प्रशासन तथा सुन्दरनगर बनाउने जिम्मा लिएर बसेका व्यक्तिहरु मुक दर्शक बनेका छन् । यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान नसक्नु दुर्भाग्य हो । 

    images

    राष्ट्रको समृद्धिको बिभिन्न सुचकहरु मध्येको एउटा सूचक सहरको शुन्दरता हो । शहरको सुन्दरतामा पशु चौपायाहरुको बिगबिगी हुनु पक्कै पनि राम्रो होइन । राष्ट्रको ईज्जत र प्रतिष्ठा सहरको सुन्दरतासंग पनि जोडिएको हुन्छ । यति सामान्य कुराहरु यँहाका जन प्रतिनिधिहरु र प्रशासकहरुले नबुझेका भने कदापी होइनन् । यसतर्फ स्थानीय निकायहरुको कम ध्यान जानु भनेको यँहाका सरोकारवालाहरु, बुद्धिजीवीहरु, नागरिकहरुसंग सहरलाई कसरी स्वच्छ, शुन्दर र सफा बनाउने भन्ने तर्फ निरन्तर बहस हुन् नसक्नु दुखद कुरा हो । बर्षको एकचोटी हातमा कुचो लिएर सडक र गल्लिहरु सफा गरेर फेसबुकमा तस्बिरहरु राखेर र संचार माध्यमहरुले उक्त दिनको समाचार सम्प्रेषण र प्रचार गरेर मात्र सहर स्वच्छ, शुन्दर र सफा कदापी हुन् सक्दैन् । यसका लागि दिर्घकालिन योजना ल्याउन अति आबश्यक छ । यसका लागि सम्बन्धित निकायको पहल अपरिहार्य छ । 

    cow.jpeg

    रुपन्देही जिल्ला आफैमा पनि एउटा बिशिष्ट महत्व राखेको जिल्ला हो । सिद्दार्थ गौतमबुद्ध जन्मेको ठाँउ भएको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै यस जिल्लाले ठुलो महत्व राख्दछ । अहिले देश कोरोनाको चपेटामा छ । यसकारण यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको उपस्थिति शुन्य जस्तै छ । अन्यथा यस जिल्लामा पर्यटकहरुको घुईचो लाग्थ्यो । सडकमा रजाई गरिरहेका चौपायाहरूको सामान्य ब्यबस्थापन सम्म गर्न नसक्ने सम्बन्धित निकायहरुसंग यँहाका जनताले के ठुलो आश गर्ने ? यसका लागि सम्बन्धित निकायहरु सचेत हुन् आबश्यक छ । 

    सडकहरुमा रहेका चौपायाहरूले सहर दुर्गन्धित मात्र गरिरहेका छैनन्, यी चौपायाहरूले हुनसक्ने ठुलो दुर्घटना पनि निम्ताई रहेकाछन् । देवकोटा चोक, आवारोड, मिलनचोक, बुद्धचोक मात्र होइन नगरपालिकाको मुख्यद्वार अगाडी पनि चौपायाहरूले अतिक्रमण गरिरहेका छन् । यसरी जथाभाबी छोडिएका चौपायाहरूको उचित ब्यबस्थापन र जथाभाबी चौपाया छोड्ने चौपाया धनीहरुलाई पनि दण्ड जरिवाना नगर्ने हो भने शुन्दर सिद्दार्थ नगर भैरहवा कुनै दिन पशुशालामा परिणत हुन् के बेर ? यसको नियन्त्रण र ब्यबस्थापन लागि सम्बन्धित निकाय र सरोकारवालाहरु सबैको पहल नै अहिलेको खाचो हो । जनताको सबैभन्दा नजीक रहेको स्थानिय सरकारले जनताका समस्या समाधान गर्न लागि पर्नु पर्दछ ।

    जनताले महशुष हुने गरी काम गर्नु पर्दछ सरकारले नकी आफ्ना सेबा सुबिधा बढाउने मात्रै । सुन्दर नगरको रुपमा चित्रण गर्न लागिएको सिद्धार्थनगरलाई कहिले फोहरका धुप्राले गिज्जाई रहेको रहेको हुन्छ भने कहिले सडकका विचविचमा जम्मा भएका गाईबस्तुले गिज्जाइरहो छन् । शरहलाई साच्चीकै सुन्दर बनाउने हो भने फोहर व्यस्थापन तथा छाडा चौपाया व्यवस्थापनमा नगरपालिका योजना बनाएर अगाडि बढ्नु पर्दछ । बिश्व शान्तिको मुहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेशद्धारलाई साच्चीकै सुन्दर र उत्कृष्ठ नगर बनाउनका लागि नगरपालिका लागि परेमा नगरवासीले पुर्ण सहयोग गर्ने छन् ।  


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij