images

मंगलवार, बैशाख १८ गते २०८१

म्यानमारका गोर्खालीहरुको जीवन समृद्धितर्फ

म्यानमारका गोर्खालीहरुको जीवन समृद्धितर्फ

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • म्यानमारका गोर्खालीहरुको जीवन समृद्धितर्फ

    नेपाली मूलका गोर्खालीहरुको आर्थिक तथा सामाजिक जीवन समृद्धितर्फ उकाली लाग्दैछ । सामाजिक रुपान्तरण हुन गोर्खालीलाई धेरै समय लागेन । मिहिनेती थिए । जंगललाई फाडेर बस्ती बसाएका गोर्खालीहरु शहर पस्दै गए । छोराछोरी पढाउँदै गए फलस्वरूप आज सबै सफल छन् ।

    images

    उनीहरु सन् १८३६ मा सुरुमा पुगेको इतिहास छ । करिब १ सय ८८ वर्ष भयो । बेलायती सेनाबाट पुगेकाले आफन्तलाई बोलाउँदै गरे । बिना भिषा पुगिने भएपछि मज्जाले पुग्दै गए ।
    सुरुका दशकमा नेपाल जस्तै पहाडी भू–बनोट, नदीका किनार पाएपछि गोर्खालीहरुले त्यहाँको उर्वर माटोमा खेतीपाती गर्न थाले । साथै पशुपालन पनि । त्यसपछि उद्यमशील गोर्खालीहरुले व्यवसायिक पशुपालन सुरु गरे । म्यानमारमा पहिलोपटक दुध एवं नौनीको व्यापार सुरु गरे । सुरुकादशकमा नेपालजस्तै पहाडी भू–बनोट, नदीका किनार पाएपछि गोर्खालीहरुले त्यहाँको उर्वर माटोमा खेतीपाती सुरु गर्न थाले साथै पशुपालन पनि ।

    हाल वर्माबाट भैरहवा आएका, सुरुसुरुमा नेपालको पश्चिम पहाड गुल्मीबाट वर्मा पुगेका स्व. थानेश्वर घिमिरे,इन्द्रमणी खरेल जस्ता धेरै मिहिनेती गोर्खालीलाई साहु महाजन बन्न धेरै समय लागेन किनकी दुध घिउ व्यापारले उनीहरुलाई कारोबारी बनायो । उनीहरुले तयार गरेको दुध, घिउ, सेना, पुलिसका ब्यारेकदेखि घरघर पुग्न थाले । यो व्यापारलाई मिहिनेती गोर्खालीहरुले गाउँगाउँमा सुरु गरे । आजकल गोर्खाली महाजनहरु वर्माका सबै शहरमा धेरै छन्। कोही गरीब देखिएनन्। धैरेले उद्योग र व्यापार खोलीसके ।

    एउटा रोचक प्रसंग ‘बर्मेलीले ईसकुश खाँदैन थे ‘गोर्खालीले खान सिकाए र आजकल ईसकुशलाई उनीहरु गोरखादी भन्ने गर्छन् ‘गोरखाले खाने तरकारी’।

    नेपालको मेचीदेखि महाकालीसम्मका विभिन्न जिल्लाबाट उकाली ओराली गर्दै जंगली बाटो छिचोल्दै त्यहाँ पुगेका गोरखा सम्मानित नागरिकका रुपमा चिनिन्छन् । धेरै गोर्खालीहरुले सरकारी सम्मान समेत पाएका छन् ।

    व्यवसायमा आधिपत्य जमाउन मिहिनेती गोर्खालीहरुलाई धेरै समय लागेन । व्यवसायमा उत्साहित भएका गोर्खालीहरुको केही समूह रुबी जस्तो बहुमूल्य पत्थरतर्फ आकर्षित हुँदै गयो । सो कारोबारका लागि मोगुकतर्फ सहयोगीको रुपमा पुगेका गोर्खालीहरुले विस्तारै आफूलाई कारोबारीको रुपमा उभ्यायाउन सफल भए !

    हिजोआज करिब २ लाख गोर्खाली रहेको म्यानमारमा ३५ हजार जति मोगुक शहर रहेको अनुमान छ । मोगुकका धेरै गोर्खाली पत्थर सम्बन्धि कारोबारमा सफल छन् भने यांगुनमा पनि उनीहरुको संख्या निकै छ ।

    नेपाल बाहिर ४ जात ३६ वर्णका गोर्खालीहरुको सानो फूलबारी म्यानमारमा भेटाउन सकिन्छ। संख्यात्मक रुपमा सबभन्दा बढी मोगुक, मेचिना, टाउँजी, प्यूले, लासो, मेचिना,  माण्डले, यांगून आदिशहर, बजारमा रहेका गोर्खालीहरु अब विस्तारै अन्य उद्योग र व्यवसायतर्फ उन्मुख भएका छन् । हालको पुस्ता भने उच्च शिक्षा आर्जनमा समेत सक्रिय छन् ।

    म्यानमारमा ८० प्रतिशत गोर्खालीहरु उच्च जीवनस्तर बिताउँछन् । अन्य २० प्रतिशतपनि गरीबीको रेखा भन्दा माथि राम्रो अवस्थामा छन् । बितेको २ दशकमा गोर्खालीहरुको ठूलो समूह व्यापार गर्न, यांगुन, माण्डले, मेचिना, मोगुक, टाउँजी लगायत अन्य शहरमा विस्तारित भएको छ ।

    गोर्खालीहरुको जीवन राम्रो भएको र कृषि, उद्योग, व्यापारसंँगै शिक्षामा पनि उपलब्धीहुँदै गएको अखिल म्यानमार देशीय गोर्खा हिन्दू धार्मिक संघका पूर्वअध्यक्ष मनिलाल पौडेलले बताए ।
    हिजो आज गोर्खालीहरु ऋाफ्ना नानी बाबुलाई म्यानमार र सिगांपुर, बैंकक, भारत,अमेरिकासम्म पढ्न पठाउने गरेका छन् । धेरैले उच्च शिक्षा हासिल गरेको र राम्रो पदमा आसिन समेत छन् । धेरै डाक्टर, वकील आदि छन् । सरकारी जागिरे पनि छन् ।

    करीब ३ सय जति चिकित्सक तथा अन्य धेरै स्नातक, स्नातकोत्तर गरेको देखिन्छ । गोर्खालीहरुले अब पढाउनुपर्छ भन्ने रामरी बुझेका छन् । हामीले सामान्य शिक्षा गरे पनि नानी बाबुलाई माथिसम्म पढाएर टाउके (ठुला मान्छे) बनाउनपर्छ भन्ने गर्छन् ।

    अब चाहि महिला पुरुष दुवै कारोबार गर्नुपर्छ । जीवनस्तर उठाउनुपर्छ भन्ने छ । मयोमयो (पयुले) शहरकी दिल कुमारी काफ्ले आफै फाेटो दुकान चलाउँछिन् । कृषि आजपनि गोर्खालीहरुको मुख्य पेशा हो । परम्परागत कृषि प्रणालीबाट आरम्भ भएको उनीहरुको यो कर्म हिजोआज वैज्ञानिक कृषि प्रणालीमा आधारित छ ।

    गाँउघरमा बसेर स–सानाव्यापार चलाउने खेतीपाती गर्ने सबै गोर्खालीहरुको जीवनस्तर राम्रै भएको प्यूले नजिकै बरबोटे गाउँमा बस्ने ईन्द्रमाया लिम्बु उल्लेख गर्नुहुन्छ ।

    नेपालभन्दा करीब ३ हजार किलोमिटर टाढा भएपनि म्यानमारका गोर्खालीहरुले आफ्नो मूलभाषा बिर्सिएका छैनन् । नेपालीभाषा ठेँट लवजमा सुन्न अब नेपाल होइन म्यानमार पुग्नुपर्ने देखिन्छ ।
    कानमा ढुगंरी, मारवाड़ी, कान बाली, तिलहरी लगायतका गहना लाउन छाडेका छैनन् । बुढाबुढी कम्मरमा पटुका कस्ने र कुटो कोदाली र हँसिया लिई खेती किसानी पनि गर्छन् ।

    परम्परागत शैलीमा चाडपर्व मनाउँदै आएका गोर्खालीहरुको हिन्दू र बौद्ध दुवै धर्मप्रति सम्मान छ । आपसी सम्मान, सदभाव, प्रेम भातृत्वको भावना बोकेका गोर्खालीहरुले गोर्खा दुःख निवारक संस्थामार्फत दुःख परेकाहरुलाई सघाउने पनि गर्दछन् ।

    नेपालबाट टाढा भएपनि गाईको गोठ, तुलसीको मठ, बासको लिंगो स्थापना गर्ने गोर्खालीहरु आजपनि घरआँगनमा पानीको स्रोत स्वरुप इनार खन्ने गर्छन् ।
    आज नेपाली मौलिक परम्परालाई जस्ताको त्यस्तै संरक्षण गरेका १ लाख गोर्खालीहरु थाइल्याण्डसम्म पुगेका छन् । त्यस्तै ६ दशकअघि नै नेपाल फर्केका करिब १ लाख जनाले आफ्नो धर्म, संस्कृति संरक्षण अनि सम्वर्धन गर्दै आएका छन् ।

    नेपालसँग प्रत्यक्ष साइनो भएको गोर्खालीहरुको मूल र कुल एउटै र रगतको नाता समेत गाँसिएका कारण म्यानमारका गोर्खालीहरुलाई नेपालीहरुले भुल्ने प्रश्नै आउँदैन । नेपालीहरु नाता खोज्दै वर्मा पुग्छन् । त्यस्तै वर्माका गोर्खालीहरु नाताखोज्दै नेपालआउने गर्छन् ।

    यिनै दुई कुरा यी दुई देशका गोर्खाली र नेपालीहरुको सम्बन्धको प्रतीक हो ।

    सरकारसँग गहिरो नातो गासन उनीहरुले एनआरएन मार्फत पी एन ओ अर्थात् पिपुलस अफ नेपाली ओरिजन भएकाले सरकारसँग आधिकारिक कार्ड खोजेका छन् । यसो भए नेपाल जान आउन छोरीछोरी नेपाल पढाउन सजिलो हुन्छ । नेपालको पढाइ राम्रो र भाषा संस्कृति नभुल्ने हुँदा कार्ड खोजेका हुन् । दिनुपर्छ । आखिर नेपाली र गोर्खालीहरुबीच दशकौंदेखि नाता भावनाको छ, सम्बन्धको छ, त्योभन्दा पनि माथि अटुट रगतको नाता छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij