images

मंगलवार, बैशाख १८ गते २०८१

रुपन्देही : आर्थिक विकासको रोलमोडेल

रुपन्देही : आर्थिक विकासको रोलमोडेल

images
images
images
शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • रुपन्देही : आर्थिक विकासको रोलमोडेल

    लुम्बिनी प्रदेशको औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्र रहेको रुपन्देही देशका ७७ जिल्लामध्ये अरु भन्दा फरक किसिमले विकास र औद्योगिक, व्यापारीक तथा पर्यटकीय लगानी भित्रिने क्रममा तीव्रता आएको छ । रुपन्देही विश्वसम्पदा सूचीमा रहेको महामानव गौतमबुद्ध जन्मस्थल लुम्बिनी, निर्माणसम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रकै प्रमुख भन्सार भैरहवा भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), प्रदेशस्तरीय औद्योगिक क्षेत्र, ठूलो मेडिकल कलेज, बुटवल–बेलहिया ६ लेन सडक, भैरहवा–लुम्बिनी ४ लेन सडक, बुटवल–नारायणगढ ४ लेन सडक, बुटवल–पोखरा फास्टट्रयाक सडक, अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ठूला र आधुनिक किसिमका खानेपानी योजना, एडीबी शहरी विकास लगायत दातृ राष्ट्रका सहयोग प्राप्त आयोजनाहरु, बुटवलका दुई केबुलकार सिद्धार्थ केबुलकार प्रा.लि. र लुम्बिनी केबुलकार प्रा.लि, क्यासिनोसहितका पाँचतारे होटलहरु, १३२ केबीए विद्युत प्रसारणलाइनको विस्तार योजनालगायत साना–ठूला उद्योगहरु हजारौ संस्थामा निर्माणाधिन होटलहरु, पार्टी प्यालेसहरु व्यवसायिक गृहहरु, अटो गाडीका शोरुमहरु, सयौं बैंक तथा वित्तीय संस्थाहरु, छड, सिमेन्ट लगायत निर्माण सामग्रीका उद्योगहरु, फर्मास्टिकल्स औषधी उद्योगहरु, स्टेशनरी उद्योगहरु, प्लाष्टिकजन्य उद्योगहरु, ग्यास उद्योगहरु, खाद्यान्न तेल लगायत झण्डै २५ हजार उद्योगहरु र ५० हजार व्यापारिक फर्महरु हाल विद्यमान अवस्थामा सञ्चालनमा रहेका छन् ।

    images

    एकातिर विकास निर्माणमा रुपन्देही जिल्ला एउटा रोलमोडल जिल्लाकै रुपमा नयाँ–नयाँ योजनाहरु चालु हालतमा रहेका छन् । नयाँनयाँ विकास योजनाहरु अन्य धेरै योजनाहरु आउने क्रममा रहेका छन् । प्रदेश सरकारको तर्फबाट पनि विशेष गरी लुम्बिनी र मर्चवार क्षेत्रलाई आधार मानेर बजेटहरु बिनियोजन गर्ने गरिएको छ । त्यसै क्रममा लुम्बिनी रिंगरोड ४ लेन सडक र मर्चवार ४ लेन सडक मुख्य रुपमा अगाडी बढेका छन् भने बेथरी–तामनगर ४ लेन सडकले अन्तर्राष्ट्रिय एयरपोर्टको एउटा बाइपास रोडको महत्वपूर्ण रुपमा प्रयोगमा आउने निश्चित छ ।

    रुपन्देहीमा विशेष गरी बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलगायत आसपासका पालिकाहरु समेटेर बन्न लागेको महानगरपालिकाको अवधारणले पनि यो एउटा मेट्रोसिटीको रुपमा अगाडी बढ्ने निश्चित छ । विकासको मोडल हेर्न रुपन्देही जानुपर्छ भन्ने गरी विकास निर्माण गरी एउटा आधुनिक विकासको रुपमा अगाडी बढाउने जसले गर्दा सुगम, सरल र छिटो एक कुनाबाट अर्को कुनामा पुग्न जान सकिने व्यापार व्यवसाय गर्न सकिने भएको हुँदा अब हुन लागेको निर्माणाधिन विकासहरु छिटोछरितो समयमै सम्पन्न गर्नुपर्नेछ । यसलाई सरकारले गम्भिर रुपमा लिइ भैरहवा–लुम्बिनी खण्डमा पर्ने बेथरी पुल लगायत अन्य धेरै पुलहरु तुरुन्तै निर्माण गरी सडक अनुसारको निर्माण कार्यसम्पन्न गर्नुपर्ने हुन्छ ।

    गर्नुपर्ने अन्य काम तथा सम्भावना

    रुपन्देही जिल्लालाई आर्थिक विकास र समृृद्धिको रोलमोडल जिल्लाको रुपमा अगाडी बढाउने संघीय सरकारको तथा प्रदेश सरकारको योजना पनि रहेको र रुपन्देही जिल्लामा अवस्थित निजी क्षेत्रका संघ–संगठनहरु, सामाजिक क्षेत्रका संघ–संस्थाहरु, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु सम्पूर्ण पक्षले पनि चेतनशील किसिमबाट मुद्दाहरुको उठान गर्ने, माग गर्ने, छलफल तथा अन्तरक्रिया गर्ने र त्यसको निचोडको रुपमा जिल्लामा विकास निर्माण र औद्योगिक विकासका योजनाहरुमा अगाडी बढ्न सम्भव भएको हो । यस जिल्लामा प्राध्यापक, शिक्षक, सरकारी कर्मचारी, बुद्धिजीवी वर्ग र निजी क्षेत्रका पनि राष्ट्रिय औद्योगिकरण, व्यवसायीकरण र विकासमा मद्दत पुगेको हो ।

    अब यस जिल्लालाई पूर्ण रुपमा औद्योगिक, पर्यटकीय, व्यवसायिक विकास र समृद्धिमा अझ अगाडी बढाउनको लागि निर्माण सम्पन्न भएर सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न सक्नुपर्छ । जसले गर्दा यहाँ पर्यटकीय रुपमा विकास भइ निर्माणसम्पन्न भएका र निर्माण भइरहेका ठूलासाना तारे होटलहरु चल्न सक्छन् । विमानस्थललाई आधार मानेर बनेका धेरै होटल अहिले या त बन्द हुने या त बैंकले लिलाम गर्ने अवस्थामा छन् । होटल व्यवसाय फस्टायो भने मात्र किसानका उत्पादनले बजार पाउनेदेखि लिएर व्यवसायिक कारोबारमा वृद्धि हुने र पर्यटकीय स्थलहरुको विकास भइ बुटवल–बसन्तपुर र बुटवल–नुवाकोट केबुलकार, होटल, क्यासिनो आदि ठुला पर्यटकीय पोइन्ट बन्ने जहाँ भारतको पनि धेरै टाढाटाढाबाट पर्यटकहरु आउने खाने बस्ने रमाउने भएको हुँदा यसले गर्दा अन्य व्यवसायहरुलाई पनि चहलपहल तथा कारोबारमा वृद्धि हुनेछ ।

    अन्तर्राष्ट्रिय विमानस्थल यस प्रदेशकै गहना भएको हुँदा यसको प्रभावले लुम्बिनी एउटा पर्यटकीय हब बन्ने कपिलवस्तु देवदह, रामग्रामसम्म एउटा पर्यटकीय पोइन्टको रुपमा विकास हुँदा समग्र रुपन्देही जिल्लालाई विकास र वृद्धिमा अगाडी बढ्ने देखिन्छ भने रुपन्देही जिल्लाले राष्ट्रकै लुम्बिनी प्रदेशकै नमूना जिल्ला र विकासको रुपमा अगाडी जान कसैले रोक्न सक्दैन ।

    रुपन्देही जिल्ला पर्यटकीय हब बन्र्दै गर्दा यहाँ अर्को कृषि उत्पादन र व्यवसायिक कृषि फर्महरुको विकास भइ उत्पादनमा वृद्धि गरी यहाँका होटलहरुमा तरकारी, माछा, मासु, फलफूल, दुध, दहीको पनि बजार विस्तार हुने निश्चित रहेको छ भने यदी व्यवसायिक कृषिका फर्महरु र उत्पादनहरु बढ्दै गयो भने त्यो उत्पादनहरु विदेशमा दुबई, कतार, साउदी आदि देशहरुमा निर्यात गर्ने पनि एउटा राम्रो अवसर देखिन्छ । जसले गर्दा राष्ट्रलाई समेत डलर भित्राउन मद्दत गर्न सक्ने उत्तिकै सम्भावना देखिन्छ ।

    औद्योगिक उत्पादनहरुमा पनि दैनिकजसो लगानी वृद्धि भएको छ । निर्माणजन्य सिमेन्ट, छड, स्टेशनरी, औषधिजन्य, खाद्यान्न जन्य आदि उत्पादनहरु राष्ट्रलाई आत्मनिर्भर हुने सम्मका उत्पादनहरु छन् र यस्ता उत्पादनहरुका उद्योगहरु अझै विस्तार हुने देखिन्छन् । त्यसैले औद्योगिक उत्पादनहरु बढ्ने निश्चित छ । अझ सरकारले प्रदेशकै ठूलो औद्योगिक क्षेत्र मोतीपुर औद्योगिक कोरीडोरको शिलान्यास समेत गरिसकेको छ । जसबाट लाखौं जना बेरोजगार युवाहरुलाई रोजगार मिल्ने तथा उत्पादनहरु अझ धेरै बढ्ने निश्चित नै छ ।

    रुपन्देही जिल्लामा हरेक प्रकारका निजी क्षेत्रका लगानीहरु बढिरहेका छन् । चाहे स्वास्थ्य क्षेत्र होस, चाहे शिक्षा क्षेत्र होस, चाहे पर्यटन क्षेत्र होस, चाहे कृषि क्षेत्र होस, चाहे ठूला–ठूला व्यवसायिक घरनाका व्यवसायिक गृहहरु, गोदामहरु खुल्ने क्रम तीव्र रहेको हुँदा अन्ततः रुपन्देही जिल्ला औद्योगिक, व्यवसायिक, पर्यटकीय, कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण, व्यापार सम्पूर्ण किसिमले अगाडी बढेको छ । यसलाई संरक्षण गर्नु, प्रर्वद्धन गर्नु, लगानीमैत्री वातावरणको सिर्जना गर्नु, रोजगारमूलक उद्योगहरुलाई प्रोत्साहन गर्नु र समयसमयमा निजी क्षेत्रलाई राहत, छुट र स्कीमहरु ल्याउने आदि कार्यहरु संघीय, प्रदेश र स्थानीय सरकार र सरकारी कार्यालयहरुले गर्नुपर्छ । तब मात्र यो विकासको घडीमा सबैको सुरक्षा र प्रोत्साहनको महसुस भइ एउटा राम्रो वातावरण तयार हुन जान्छ ।

    निष्कर्षमा के भन्न सकिन्छ भने समग्र रुपमा औद्योगिक र विकास निर्माणमा जुन गतिमा रुपन्देही जिल्ला अगाडि बढिरहेको छ यसलाई अझ धेरै नयाँ उचाईमा पु¥याउनको लागि यहाँ निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्नुपर्ने, औद्योगिक पर्यटकीय क्षेत्रको विकास आदि सम्पूर्ण विकास र समृद्धिका लागि संघीय, प्रदेश र स्थानीय सरकार र रुपन्देही जिल्लाका समग्र निजी क्षेत्रका अगुवाहरु, सामाजिक क्षेत्रका अभियन्ताहरु राजनीतिक क्षेत्रका नेताहरु बुद्धिजीवी र चेतनशील वर्ग एकजुट भइ हातमा हात मिलाई काधमा काध मिलाई अगाडी बढेको खण्डमा रुपन्देही जिल्ला नेपालकै विकसित औद्योगिक, व्यापारिक, पर्यटकीय र कृषि उपजहरुको उत्पादन र निर्यात गर्ने जिल्लाको रुपमा अन्य जिल्लालाई अगुवाइ गर्ने जिल्लाको रुपमा अगाडी बढ्ने निश्चित प्राय रहेको छ । मुख्य कुरा विमानस्थल सञ्चालन गर्न राजनीतिक नेतृत्व तयार हुनुप¥यो । जसरी प्रदेश राजधानी खोसिएको छ, त्यसै गरी यहाँको भविष्य बोकेका संरचनाहरु ध्वस्त पार्न षडयन्त्र नहोस् ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij