images

मंगलवार, बैशाख १८ गते २०८१

पहिलो प्राथमिकता पर्यटन

पहिलो प्राथमिकता पर्यटन

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • पहिलो प्राथमिकता पर्यटन

    रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवा (सिद्धार्थनगर नगरपालिका) ले पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको छ । यही नगर हुँदै वर्षेनी लाखौं पर्यटक लुम्बिनी पुग्छन् । यो नगर आन्तरिक र बाह्यपर्यटकहरु आवातजावतका लागि मिडप्वाइन्टको रुपमा रहेको छ । यो शहर छिमेकी देश देश भारत हुँदै आउने पर्यटकहरु र यहाँबाट भारत जाने पर्यटकहरुको प्रमुख प्रस्थान विन्दु हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–बेलहिया ६ लेन सडक, भैरहवा–तौलिहवा सडकखण्ड र भैरहवा–परासी सडकखण्डले सिद्धार्थनगर (भैरहवा) लाई अन्य जिल्लासँग जोडेको छ । यहाँबाट देशका विभिन्न ठाउँहरुमा जानकालागि सहजै यातायातको सुविधा पाउन सकिन्छ ।

    images

    नगरको पूर्वी सीमामा रोहिणी र ओमसतिया गाउँपालिका, पश्चिममा मायादेवी र उत्तरमा ओमसतिया गाउँपालिका तथा दक्षिणमा मित्र राष्ट्र भारत पर्छ । भारतसँग जोडिएको दोस्रो भन्सार नाका भैरहवा भन्सार र व्यापारिक हिसाबले यो नगर जिल्लाकै दोस्रो केन्द्र हो । विशेष आर्थिक क्षेत्र (सेज), भैरहवा भन्सार कार्यालय, सिद्धार्थ क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका स्थान यहाँको गहना हुन् ।

    पछिल्लो समय यहाँ सुविधासम्पन्न होटलहरु खुल्ने क्रम बढ्दो छ । सुविधासम्पन्न तारे होटल देखि साना होटल तथा क्याफेहरु खुलिरहेका छन् । केही ठूला होटलहरु निर्माणको अन्तिम चरणमा छन् । पर्यटक लक्षित यस्ता होटलहरुले दैनिक हजारााैं पर्यटकलाई सुविधा प्रदान गर्दै आइरहेका छन् । त्यस्तै यहाँ स्थापना भएका क्यासिनोहरुले पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्दै विदेशी मुद्रा आर्जन गर्नमा महत्वपूर्ण योगदान दिएका छन् ।

    यहाँ मिश्रित जातजाति र भाषाभाषीको बसोबास छ । यहाँ मठमन्दिर, चर्च, गुम्बा, मस्जिद जस्ता धार्मिकस्थल छन् । जात, धर्म रभाषाअनुसारका आ–आफ्नै विभिन्न साँस्कृतिक परम्परा छन् । विविधतामा एकता यहाँको महत्वपूर्ण पक्ष हो । यहाँका हरेक समुदाय एक–अर्काका परिपूरक जस्तै छन् । एकअर्काको परम्परालाई सहर्ष स्वीकार गर्नु नै यसको राम्रो पक्ष हो ।

    पर्यटकीय र आर्थिक हिसाबले महत्वपूर्ण यो नगरपालिकामा पर्यटन, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायतका प्रशस्त सम्भावनाहरु छन् । यहाँ अधिकांश जिल्ला सरकारी कार्यालयहरु रहेका छन् । यहाँ अवस्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान (श्री रण अम्बिका साहआँखा अस्पताल), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल) ले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै निजी लगानीमै सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.र सरकारी जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पताल पनि यहाँ हुन् । यहाँको विशेषज्ञ स्वास्थ्य सेवा प्राप्तीका लागि छिमेकी देश भारतदेखि देशका विभिन्न स्थानहरुबाट सेवाग्राहीहरु आउने गरेका छन् । यो नगर शैक्षिक क्षेत्रमा पनि अब्बल नगरका रुपमा रहेको छ । यहाँ निजी र सरकारी स्तरबाट सञ्चालित विभिन्न विद्यालय तथा क्याम्पसबाट शिक्षा हासिल गर्न सकिन्छ ।

    यसरी हेर्दा सबै पूर्वाधारहरुले सम्पन्न नगरलाई आन्तरिक रुपमा सक्षम बनाउने एक मात्र आधार भनेको पर्यटन नै हो । भैरहवालाई बौद्धमय बनाउन सबै घरहरुमा बौद्ध रंगको प्रयोग, बेलहियामा बुद्ध जीवनीमा आधारित रही आर्कषक प्रवेशद्वार निर्माण, बेलहियादेखि बुद्धचोकसम्म बुद्ध मूर्ति स्थापनाले यहाँ आउने पर्यटकहरु बुद्धभूमिमा आयौं भन्ने सजिलै भान गर्न सक्नेछन् । यद्यपी यो पर्याप्त भने होइन । यो नगरलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सिद्धार्थनगर नगरपालिकाले विशेष जोड दिनुपर्ने देखिन्छ । त्यसकालागि नगरबासीहरुको महत्वपूर्ण साथ र सहयोगको खाँचो छ ।

    सिद्धार्थनगर नगरपालिकाले यहाँस्थित डण्डा नदी कोरिडोर परियोजना, सिद्धार्थनगर रिंगरोडको योजनालाई अघि बढाएर सम्पन्न गर्न सकेमा मात्रपनि धेरै पर्यटकहरु आवागमन हुनेमा दुईमत छैन । त्यस्तै नगरलाई हरियाली बनाउने, नगर सुन्दरीकरण गर्ने, फोहोरमैला व्यवस्थापन, पार्किङ व्यवस्थापन सँगै नगरभित्र पर्यटकीय स्थलहरु खोेजी गर्ने र ती ठाउँहरुमा पर्यटक लक्षित कार्यक्रमहरु ल्याउने लगायतका कामहरु नगरपालिकाको नियमित कामहरु भित्रै पर्छन् ।

    विकसित मूलुकहरुको उदाहरणलाई हेर्ने हो भने पनि अधिकांश देशहरुमा आयस्रोतको प्रमुख माध्यम पर्यटन नै रहेको देखिन्छ । पर्यटनको विकासकालागि पूर्वाधार निर्माण महत्वपूर्ण छ । त्यो सँगै नयाँनयाँ पर्यटन लक्षित योजनाहरु ल्याउनु अर्काे काम हो । सिद्धार्थनगर नगरपालिका पर्यटकीय हिसाबले अग्रणी मानिए पनि पर्यटन क्षेत्रको विकास अपेक्षित रुपमा नहुँदा नगरको आयस्रोत न्यून छ  । यसरी पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिका अगाडी बढेमा सिद्धार्थनगर, नगरबासी र देशबासीको आर्थिक जीवनस्तर उकास्ने कुरामा दुईमत छैन ।

    भैरहवामा भएका पर्यटकिय गन्तव्यहरुको प्रबद्र्धन एवं प्रचार गरी डण्डा नदीको किनारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सके आन्तरिक अथवा बाह्य पर्यटकलाई भैरहवामा बसाई अवधि बढाउन सकिन्छ । त्यसैले सिद्धार्थनगर नगरपालिकाले कस्ता गतिविधि सञ्चालनमा ल्याए पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । त्यस्ताखाले कार्यक्रमहरु प्राथमिकता साथ अघि बढाउनु पर्छ ।
     
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij