images

मंगलवार, बैशाख १८ गते २०८१

अवैध नदीजन्य पदार्थ र माटो उत्खनन् गर्ने जेसिबी र ट्याक्टर नियन्त्रणमा

अवैध नदीजन्य पदार्थ र माटो उत्खनन् गर्ने जेसिबी र ट्याक्टर नियन्त्रणमा

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • अवैध नदीजन्य पदार्थ र माटो उत्खनन् गर्ने जेसिबी र ट्याक्टर नियन्त्रणमा

    भैरहवा, ३ वैशाख ।
    रुपन्देही प्रहरीले अवैध नदीजन्य पदार्थ र अवैध रुपमा माटो उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानहरुबाट नदीजन्य पदार्थ तथा माटो उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिएको हो । 

    images

    नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।

    प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले देवदह नगरपालिका–४ बाट ढुंगा लोड गरी जाँदै गरेको लु ४ त ३६३९ को ट्याक्टर, देवदह–९ मा माटो उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा लु १ क २४५५ नम्बरको जेसिबी र लु ४ त ७००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको डीएसपी खनालले जानकारी दिइन् । नियन्त्रणमा लिइएको सवारीसाधन आवश्यक कारवाहीको लागि देवदह नगरपालिकाको कार्यालयमा बुझाइएको उनले बताइन् ।

    त्यस्तै अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरस्थित तिनाउ नदीबाट ढुंगा निकाली लु २ त ८२१५ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्याक्टर आवश्यक कारवाहीका लागि बुटवल उपमहानगरपालिकाको कार्यालयमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij