२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

सशस्त्र प्रहरीद्वारा विभिन्न स्थानमा लिङ्गे पिङ निर्माण

सोमवार , कार्तिक ३, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • पश्चिम नवलपरासी, २ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीले स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन र दशैं–तिहारको रौनक बढाउन विभिन्न स्थानमा लिङ्गे पिङ निर्माण गरिदिएको छ ।

    शिक्षालयको टोलीले बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित नगरपालिका टोल र बाढीप्रभावित टोलका बालबालिका तथा स्थानीयबासीका लागि लिङ्गे पिङ निर्माण गरिदिएको हो ।

    शिक्षालय प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुधिर सुवेदीका अनुसार नागरिक र प्रहरीबीचको सामाजिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै हाम्रो मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले पिङ हालिएको हो । सीमा सुरक्षा र नागरिकको रक्षाको जिम्मेवारीसँगै समुदायको सुख–दुःखमा हातेमालो गर्नु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

    अहोरात्र खट्ने सुरक्षाकर्मी आफै टोलमा पुगेर पिङ हालिदिएपछि विशेष गरी बालबालिका, युवा तथा बाढीप्रभावित क्षेत्रका बासिन्दाहरू निकै उत्साहित भएका छन् । आफ्नै टोलमा पिङ तयार भएपछि स्थानीयबासीले सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा तालिम शिक्षालयप्रति आभार प्रकट गरेका छन् ।