२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए बलिटिल बुद्धको प्रतिमामा पानी

मंगलवार , बैशाख ४, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ४ वैशाख ।
    थाईहरुको विशेष पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा पानी चढाइएका छन् । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामा तथा थाई धर्मदुत दक्षिण एसियाका प्रमुख फ्रा धम्म बोधि वोङसहित सहभागी भएर मंगलबार बिहान लिटिल बुद्धको पाउमा जल चढाएका छन् ।

    सोङक्रानलाई थाईहरुले विषेश पर्व रुपमा मनाउने गरेका छन् । नयाँ वर्ष पारिवारिक पुनर्मिलन, मन्दिर भ्रमण र वार्षिक घर सफा गर्ने अवसर रुपमा पनि यस दिनलाई लिने गरेका हुन्  ।

    परम्परागत रूपमा थाईहरूले सोङक्रानको पहिलो दिन रोडे नाम दम हुआ प्रदर्शन गर्छन्, जुन आधिकारिक रूपमा राष्ट्रिय वृद्ध दिवस हो । यस परम्परामा युवाहरूले मान्यजनहरूको हत्केलामा सुगन्धित पानी खन्याएर नम्र भएर आशीर्वाद माग्ने गर्दछन् । त्यस्तै दोस्रो दिन, परिवारहरू बिहान सबेरै उठ्छन् र भिक्षुहरूलाई भिक्षा दिन्छन्, त्यसपछि बाँकी दिन परिवारसँग बिताउँछन् । 

    थाइल्याण्डले सन् १९४० मा अन्तर्राष्ट्रिय नयाँ वर्षको दिनलाई स्वीकार गर्नुअघि सोङक्रानलाई सौर्य पात्रोको आधारमा गणना गरिएको थियो । जुन मिति एक वर्षदेखि अर्को वर्षसम्म फरक हुने थियो ।