images

मंगलवार, बैशाख १८ गते २०८१

अभिभावक र विद्यार्थीलाई आकर्षित गर्दै नव दुर्गा मावि

अभिभावक र विद्यार्थीलाई आकर्षित गर्दै नव दुर्गा मावि

images
images
images
मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • अभिभावक र विद्यार्थीलाई आकर्षित गर्दै नव दुर्गा मावि

    भैरहवा, ४ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का रामकुमार गुप्ताले आफ्ना छोराछोरीलाई निजी (संस्थागत) विद्यालयमा पढाउँथे । तर, निजी विद्यालयमा अध्ययन गरिरहेका छोराछोरीलाई उनले अघिल्लो वर्ष सामूदायिक विद्यालयमा भर्ना गरे । उनका तीनजना छोराछोरी अहिले सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । ‘विगतमा मेरो छोराछोरी बोर्डिङ (निजी) स्कूलमा पढ्थे, तर अघिल्लो वर्षदेखि उनीहरुलाई सामूदायिक विद्यालयमा पढाइरहेको छु । यो विद्यालयमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाएका छन्, यसै विद्यालयमा पढेकी मेरो ठूलो छोरी पूर्ण छात्रवृत्तिमा फार्मेसी अध्ययन गरिरहेकी छन्, ’गुप्ताले भने ।

    images

    शिक्षकको मिहिनेत र विद्यालय व्यवस्थापन समितिको अथक प्रयासकै कारण यो विद्यालयको पढाइ राम्रो रहेको उनको भनाइ छ । सामुदायिक विद्यालय अब्बल छन् भन्ने कुरा नव दुर्गा माविले प्रमाणित गरेको गुप्ताले बताए ।

    अहिले यो विद्यालयमा निजी विद्यालयबाट समेत विद्यार्थीहरु भर्ना हुन आएको श्री नव दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले बताए । दोस्रोपटक अध्यक्षको जिम्मेवारी सम्हालेका यादवले भने, ‘सुरुमा १५५ जना विद्यार्थी थिए । विद्यालय मर्ज हुने स्थिति समेत आएको थियो । तर, पछि शिक्षक, शिक्षाप्रेमी, अभिभावकलगायतसँग छलफल गरेपछि नर्सरीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्यौं । बिहान र साँझ निःशुल्क ट्युसन क्लास सञ्चालन भयो । पोशाक र खाजा पनि निःशुल्क वितरण गर्यौं । त्यसपछि एउटै निजी विद्यालयबाट २ सय बढी विद्यार्थी नव दुर्गा माविमा भर्ना भए ।’

    प्रत्येक वर्ष विद्यालयमा १ सय जना विद्यार्थी बढिरहेको उनले बताए । नयाँ शैक्षिक सत्र २०८१ का लागि ८५ जना विद्यार्थी भर्ना भइसकेको उनले बताए । अंग्रेजी माध्यममा निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अध्यक्ष यादवको भनाइ छ । हाल विद्यालयमा ७ सय जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।

    निजी स्रोतमा कार्यरत शिक्षकहरुको सेवासुविधाका लागि अभिभावकले विद्यालयलाई स्वेच्छिक रुपमा सहयोग गरिरहेको उनले जानकारी दिए । त्यही सहयोगबाट नै निजी स्रोतका शिक्षकहरुलाई तलब दिइएको उनले बताए ।

    विद्यालयमा पेन्ट, बेन्च, डेस्कलगायतको व्यवस्थापन व्यक्तिगत लगानीमा गरेको अध्यक्ष यादवले बताए । स्थानीय सरकारबाट भने सहयोग नपाएको उनले गुनासो गरे । उनले भने, ‘बाटो बनाउनु मात्र विकास होइन । शिक्षालाई प्राथमिकता दिनुपर्छ । विगतमा नगरपालिकाबाट विद्यालयले सहयोग पाएको थियो । तर, अहिले पाउन सकेको छैन । ’

    यो वर्षदेखि प्लस टु सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘विगतमा सिद्धार्थनगर नगरपालिकासँग अनुमति माग गरे पनि नपाइएको यादवले बताए । यो विद्यालयमा प्लस टु सञ्चालन भए मर्चवारलगायत यस आसपासका विद्यार्थीहरुलाई सहज हुने थियो, ’यादवले भने । सिद्धार्थनगरकै नमूना विद्यालय बनाएर देखाउने संकल्पका साथ अघि बढेको उनले बताए ।

    विद्यालयले यो शैक्षिक सत्रदेखि यातायात (बस) सुविधा सुरु गरेको उनले बताए । उनले विद्यार्थीहरुलाई सहज हुने मध्यनजर गर्दै यो सुविधा सुरु गरिएको जानकारी दिए । बस सेवा सञ्चालन गर्न सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का सञ्चालक सियाराम यादवको सहयोग रहेको उनले बताए ।

    IMG_5365.JPG

    विद्यालयका प्रधानाध्यापक दीपेन्द्र कुमार गौडले २०२५ सालमा श्री नवदुर्गा माध्यमिक विद्यालयको स्थापना भएको र २०७७ सम्म कक्षा ८ सम्म सञ्चालन रहेको बताए । उनले २०७७ देखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको जानकारी दिए । कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन भइरहेको उनले बताए । विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा झल्काउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै दक्ष जनशक्ति उत्पादनमा लागिपरेको उनले बताए । विद्यार्थीहरुलाई अंग्रेजी र नेपाली दुवै माध्यमको कक्षाहरु छुट्टाछुट्टै भवनमा अध्यापन गराउने व्यवस्था रहेको उनले बताए । विद्यार्थीहरुलाई किताब बोक्ने भारीबाट मुक्त गर्न ‘बुकलेस’ र ‘ब्यागलेस’ कन्सेप्टका आधारमा सबैप्रकारको व्यवस्थासहित विभिन्न विषयहरुको कक्षाका लागि छुट्टाछुट्टै व्यवस्था रहेकेन उनको भनाइ छ । प्रत्येक कक्षाकोठामा बुक कर्नर प्रोजेक्टर, ल्यापटप, प्रयोगात्मक सामग्री, डिजिटल शिक्षण सामग्री नियमित रुपमा प्रयोग हुने व्यवस्था रहेकाले जसका कारण विद्यार्थीहरुको पढाइप्रति रुची बढेको उनको भनाइ छ ।

    IMG_5432.JPG

    उनले भने, ‘विद्यालयले केही समस्या झेलिरहेको छ । मुख्य समस्या भनेको निजी स्रोतका शिक्षक र कर्मचारीको तलब दिन चुनौती छ । निजी स्रोतबाट शिक्षक १२ र कर्मचारी २ गरी १४ जना छन् । यसमा वडा र पालिकाले केही थप गर्नुपर्छ । विभिन्न संघ–संस्था, शिक्षाप्रेमीको सहयोग आवश्यक छ ।’ भएका स्रोतसाधनको अधिकतम सदुपयोग गरिरहेको उनले बताए । नमूना विद्यालयको रुपमा लैजान आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij