images

बुधवार, बैशाख १९ गते २०८१

नतिजा शुन्य आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दिए राजीनामा

नतिजा शुन्य आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दिए राजीनामा

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • नतिजा शुन्य आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले दिए राजीनामा

    भैरहवा, ६ वैशाख ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियास्थित मदरसा गौसिया रिजिविया अहले सुन्नत गरीब नमाज (विद्यालय) व्यवस्थापन समितिका अध्यक्ष अकबाल खाँले पदबाट राजीनामा दिएका छन् । 

    images
    images
    images

    शैक्षिक सत्र (वर्ष) २०८० मा बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ५० जना विद्यार्थीहरुमध्ये कुनै पनि विद्यार्थी उत्तीर्ण नभएकाले राजीनामा दिएको उनले बताए । अध्यक्ष खाँले रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम र शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई राजीनामा पत्र बुझाएका हुन् ।

    राजीनामा पत्र बुझाएपछि उनले भने, ‘मैले विगत लामो समयदेखि यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएको थिए । विद्यालयको भौतिक संरचना सुधार गरे । समितिले आर्थिक स्रोतको जोहो, सुविधासम्पन्न कक्षाकोठा तथा पाँचजना शिक्षक व्यवस्थापन गर्दा पनि नतिजा शुन्य आएकाले नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।’

    उनले अब गठन हुने नयाँ विद्यालय व्यवस्थापन समितिले यहाँको पढाइमा सुधार ल्याउने विश्वास व्यक्त गरे । ‘मलाई समितिले सल्लाहकारमा राखेको अवस्थामा आफ्नोतर्फबाट विद्यालयको विकासका लागि सक्दो सहयोग गर्छु । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा शिक्षाको बारेमा जानेबुझेको मान्छे आउनुपर्छ । विद्यार्थीहरुको शुन्य नतिजाका कारण अध्यक्ष पदमा बसिरहन मेरो नैतिकताले दिएन, ’उनले भने ।

    mnnn.jpeg

    रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले राजीनामा पत्र गाउँ शिक्षा समितिको बैठकमा पेश गर्ने बताए । घिमिरेका अनुसार रोहिणीमा सामूदायिक, संस्थागत र धार्मिक गरी ४१ वटा विद्यालयहरु छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij