२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सशस्त्र प्रहरीद्वारा बुटवलबाट बिलबिजक नभएको सामानसहित गाडी बरामद

शुक्रवार , बैशाख ७, २०८१

भैरहवा, ७ वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीको बुटवलबाट बिलबिजक नभएको सामानसहित गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बुटवल, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शशीराम भारतीको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले सामानसहित गाडी बरामद गरेको हो ।

शुक्रबार (आज) बिहान साढे ९ बजे बुटवल उपमहानगरपालिका–९ स्थित ईट्टाभट्टी क्षेत्रबाट लु २ च ६६६४ नम्बरको गाडी (छोटाहात्ती) लाई शंका लागि चेकजाँच गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा सामान, सवारीसाधन तथा चालक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

बरामद गरिएको सामान, गाडी र चालकलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाले जानकारी दिए ।

लेडिज सेण्डिल चप्पल ४५० जोर, जेन्स जुत्ता १४४ जोर, गाडीको टायर २ थान र ढुवानीमा प्रयोग भएको सवारीसाधन १ थान गरी अन्दाजी मूल्य रु. १६ लाख ४ हजार ६ सय २० बराबरको सामान बरामद गरिएको डीएसपी थापाले बताए ।