२०८३, भाद्र ३१ गते

Sep 16 2026 | २०८३, भाद्र ३१ गते

प्रधानमन्त्री राहत कोषमा लुम्बिनी निर्माण व्यवसायी संघको १ लाख ११ हजार सहयोग

बुधवार , भाद्र ३१, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • भैरहवा, ३१ भदौ । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित व्यक्तिहरुका लागि आर्थिक सहयोग गरेको छ ।

    संघले बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ लाख ११ हजार २ सय ११ रुपैयाँ प्रदान गरेको हो । 

    नेपाल निर्माण व्यवसायी महासंघ केन्द्र, प्रदेश शाखा र निर्माण व्यवसायीबाट व्यक्तिगत रुपमा पनि राहत सहयोग भइरहेको लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रितम रौनियारले बताउनुभयो ।

    चेक हस्तान्तरण कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष अध्यक्ष रमेश बेल्बासे, कोषाध्यक्ष यज्नय प्रसाद बेल्बासे, सचिव राजन ज्ञवाली, सदस्य सतिश मिश्र, शाखा सचिव हिरा श्रेष्ठ, सल्लाहकार जबिन कक्षपतिलगायतको उपस्थिति रहेको थियो।