२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसियन बुद्ध होटलद्वारा सरसफाई

आइतवार , बैशाख ९, २०८१

भैरहवा, ९ वैशाख ।
भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवामा रहेको उक्त होटलले बसडिलवाका सडक, यहाँस्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर) क्षेत्रमा सरसफाई गरेको हो ।

‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ शनिबार बिहान सरसफाई गरिएको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताए । स्वच्छ वातावरणका लागि सरसफाई अत्यन्तै महत्वपूर्ण रहेकोले होटल यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउँदै आएको यो चारतारे होटलले सामाजिक क्षेत्रसँगै नगर÷गाउँलाई स्वच्छ तथा सफा राख्न सरसफाई कार्यक्रम राख्दै आएको उनले बताए । ‘आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिदै जानेछौैं, ’उनले भने ।

सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, इञ्जिनियर मधु गौतम, बसडिलवा शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपाने, एसियन बुद्ध होटलका सञ्चालक तिलकराम घिमिरे, सन्तोष चौधरीलगायतको सहभागीता रहेको थियो ।

होटलका महाप्रबन्धक दीपक धमलाले होटलले सामाजिक कार्यहरु गर्दै आएको बताए । यसअघि होटलले गत महिना (चैत) मा तिलोत्तमा क्रिकेट एकेडेमीका खेलाडीहरुलाई जर्सी वितरण गरेको थियो । त्यस्तै होटलले महाशिवरात्रीको अवसरमा बसडिलवा शिवालय मन्दिरमा प्रसाद तथा पानी वितरण गरेको थियो ।

IMG_5977.JPG
IMG_6126.JPG
IMG_6078.JPG
IMG_6012.JPG