images

शनिवार, बैशाख २२ गते २०८१

‘संयुक्त प्रयासबाटै शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ’

‘संयुक्त प्रयासबाटै शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ’

images
images
images
सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • ‘संयुक्त प्रयासबाटै शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ’

    भैरहवा, १० वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा आम सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधई, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।

    images
    images
    images

    कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक रुपमा अघि बढ्दै आएको बताए । उनले सबैको जवाफदेहीता आवश्यक रहेकेमा जोड दिए । उनले भने, ‘सुधारको प्रयास एक्लै हुँदैन । तर, पहिला आफूबाट सुरु गरौं । नैतिकता, इमान्दारिता र जवाफदेहिता आवश्यक छ । ’

    गाउँपालिकाका शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले गत शैक्षिक सत्रमा योग्यता पुगेका शिक्षकहरुलाई प्रधानाध्यापकको रुपमा पठाइएको बताए । उनले सबैको सल्लाह सुझाव लिदै अगाडि बढ्नुपर्ने भन्दै संयुक्त प्रयासबाटै रोहिणीको शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । उनले भने, ‘रोहिणीको नतिजा जिल्लामै राम्रो बनाउन संयुक्त प्रयास आवश्यक छ । ’

    जनमत पार्टीका नेता शम्भु प्रसाद यादवले ठूलो लक्ष्य लिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षकको प्रगति रिपोर्ट हरेक विद्यालयले त्रैमासिक रुपमा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । नेकपा (माओवादी केन्द्र) का नेता ओमप्रकाश गुप्ताले एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउन नहुने बताए । उनले विद्यालयमा राजनीति गर्न नहुने बताए । श्री पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले विद्यालयको विकासका लागि सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताए । उनले समस्या पहिचान गरेर निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

    श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा कोहारले अभिभावकलाई जागरुक बनाउनुपर्ने बताए । उनले ठूला भाषण र सरकारको प्रयासबाट मात्र शिक्षाको गुणस्तर सुधार हुन नसक्ने बताए । 

    छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले शिक्षक हेरफेर गरेर मात्र भएर शिक्षाको गुणस्तर सुधार नभएको बताए । 
    नेकपा (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य खुर्सीद आलमले अभिभावकको पहिलो प्राथमिकतामा शिक्षा पर्नुपर्ने बताए ।

    जनमत पार्टीका नेता योगेन्द्र चौधरीले विद्यालय व्यवस्थापन समितिले अभिभावक र शिक्षकलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । 
    छिपागढ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेराज अहमद खाँले सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए । 
    रोहिणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अनान अहमद भाटले विद्यार्थी टिकाउन लाग्नुपर्ने बताए ।

    जनमत पार्टीका नेता विष्णु चौधरीले सबैले आ–आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगरेसम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने बताए ।
    नेकपा (एमाले) का नेता संजय कुमार गुप्ताले शैक्षिक गुणस्तर सुधारका लागि अनुशासन पनि महत्वपूर्ण पाटो भएको बताए ।

    रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि कुराले मात्र नहुने भएकाले अब कठोर बन्नैपर्ने बताए ।
    गाउँपालिकाका शिक्षा समिति सदस्य मनोज कुमार यादवले विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए ।

    नेपाली कांग्रेसका नेता अकबाल खाँले विषयगत रुपमा राम्रो नतिजा ल्याउने विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने बताए । उनले सबैलाई समान रुपमा हेर्नुपर्ने बताए । रोहिणी गाउँपालिका–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विद्यालयको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले विद्यालयले बेलाबेलामा अभिभावक भेला तथा बैठक राख्नुपर्ने बताए । उनले पालिकाको शिक्षामा कम लगानी नरहेको स्पष्ट पारे । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले शैक्षिक गुणस्तर सुधार तथा बालबालिकाको भविष्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

    गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गैरजिम्मेवार रुपमा अरुलाई मात्र दोष दिएर नहुने बताए । उनले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अरुको तुलना गरेर मात्र हुँदैन । हामीलै कसैप्रति पूर्वाग्रह राखेका छैनौ । ’ उनले अघिल्लो वर्ष रोहिणी अन्तर्गत विद्यालयका प्रधानाध्यापक हेरफर गरिएको बताए ।

    सरोकारवालाको प्रतिवद्धतासहितको हस्ताक्षर

    यसैबीच रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । उनीहरुले १८ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन् । 

    IMG_5958.JPG
    Pratibaddhatammaadasa.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij