images

सोमवार, बैशाख २४ गते २०८१

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटक बढे

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटक बढे

images
images
images
बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • बेलहिया नाका हुँदै नेपाल आउने पर्यटक बढे

     

    images
    images
    images

    भैरहवा, १२ वैशाख । स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । नेपाल–भारतको स्थलमार्ग मध्येको सबैभन्दा ठुलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकाहरुमा रुपन्देहीको बेलहिया नाका प्रमुख हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी (स्थलमार्ग) यही नाका हुँदै आउने गरेको तथ्यांकले जनाएको छ । 

    बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकमध्ये अधिकांश बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, मुक्तिनाथ, काठमाडौं, चितवन, पाल्पा जाने गरेका छन् भने भारतीय पर्यटकहरु क्यासिनोमा रमाउनका लागि भैरहवा तथा अन्य शहर जाने गरेको पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । क्यासिनो र खानपिनमा रमाउन पनि यहाँ भारतीय पर्यटक आउने गरेको श्रेष्ठको भनाइ छ । 

    गएको तीन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतिय पर्यटकहरुको संख्या ७० हजार भन्दा बढी भएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषको सूचना शाखाका कर्मचारी दिलिप कुलुंगका अनुसार सन् २०२४ को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४ सय ८९ र मार्चमा ३० हजार ६ सय ७० जना भारतिय पर्यटकले लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाएका छन् । 

    स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुलाई नेपालमा यात्रा सहज गराउने, उनीहरुले ल्याउन पाउने रुपैयाँको सीमा बढी गराउन पहल गर्ने, बाटोबाटोमा चेकजाँचका नाममा दुःख नदिई भन्सारबिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतीय पर्यटकहरु नेपालमा अझ बढी आउने श्रेष्ठको भनाइ छ । भारतीय पर्यटकले हाल जम्मा २५ हजार भारु मात्र ल्याउन पाउँछन, त्यो भन्दा बढी भए नेपालमा गैरकानूनी भन्दै पैसासहित पक्राउ पर्ने गरेका छन् ।

    अब आउने बजेटबाट स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकहरुलाई रकम ल्याउने असीमित सुविधा प्रदान गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । जति बढी पर्यटकले पैसा ल्याए उति धेरै खर्च गर्छन्, नेपालमा आएर पैसा खर्च गर्नु भनेको राष्ट्रको लागि राम्रो कुरा हो, ’श्रेष्ठले भने ।

    उता स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल आउने विदेशी पर्यटकहरुको संख्या पनि विगतको भन्दा बढ्दै गएको छ । अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठका अनुसार कोरोना संक्रमणपछि कम भएको पर्यटक आगमन विस्तारै लयमा फर्कदैछ । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर विस्तारै वृद्धि हुदै गएको छ । बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार चालु वर्ष २०२४ को फेब्रुअरीमा यो नाका हुँदै १४ हजार १ सय २५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएकामा मार्च महिनामा यो संख्या वृद्धि भइ १७ हजार २ सय १४ पुगेका छन् । 

    अध्यागमन कार्यालयका अनुसार यो नाका हुँदै जनवरी फेब्रुअरी र मार्च महिनामा सबै भन्दा बढी पर्यटक थाईल्याण्डबाट ११ हजार ६ सय ६८ जना आएका छन् भने श्रीलंकाका ८ हजार ९ सय ८६, म्यान्मारका ६ हजार ९ सय १५, दक्षिण कोरियाका २ हजार १ सय ५५, भियतनामका २ हजार ४ सय १९ लगायत विभिन्न १ सय २० भन्दा बढी मुलुकका पर्यटक स्थलमार्गको बेलहिया नाका हुँदै नेपाल घुम्न आएका छन् । लुम्बिनी विकास कोषका अनुसार २०२४ को पहिलो ३ महिनामा ४२ हजार ४ सय ७४ विदेशी नागरिकले लुम्बिनी भ्रमण गरेका छन् । 

    यति धेरै विदेशी र भारतिय पर्यटकहरु लुम्बिनी घुम्न पुगे पनि उनीहरुको बसाई अबधि मुस्किलले एकरातको र त्यसमा पनि लुम्बिनीभित्रका बिहारहरुमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij