२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

विश्व औलो दिवसमा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया

बिहिवार , बैशाख १३, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १३ वैशाख ।
    विश्व औलो दिवसको अवसरमा सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा, रुपन्देहीले मायादेवी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा स्वास्थ्यकर्मीलाई औलो कार्यक्रमबारे अभिमुखीकरण गरिएको थियो । दुई पालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी/कर्मचारीहरुलाई सहभागी गराएर सचेतनामूलक अन्तक्रिया कार्यक्रम गरिएको हस्पिटलले जनाएको छ ।

    उक्त कार्यक्रममा जनरल फिजिसियन डा. संजय प्रसाद साहले औलो रोग (मलेरिया) बारे जानकारी दिएका थिए । त्यस्तै हस्पिटलमा सञ्चालित सेवाहरुको बारेमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का डाईरेक्टर डा.अमित चतुर्वेदीले जानकारी गराएका थिए ।

    विनोद चालिसेको सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरे, मायादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरी, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का मेडिकल डाईरेक्टर डा. जावेद आलम, डाईरेक्टर डा. अमित चतुर्वेदी र जनरल फिजिसियन डा. संजय प्रसाद शाहको आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रममा दुई पालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीको उपस्थिति रहेको हस्पिटलले जनाएको छ ।