सोमवार , कार्तिक ३, २०८३
भैरहवा, २ कार्तिक । बडादशैं, दीपावली, छठपर्व एवं नेपाल सम्वत् ११४७ को अवसरमा नवप्रतिभा साहित्यिक परिवार सिद्धार्थनगर–८, रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि कसैलाई बनाइएको थिएन ।
कार्यक्रममा साहित्यकारहरू रूद्र ज्ञवाली, बूंद राना, भरत कुमार पोखरेल, हृदय लेकाली, कमल पोख्रेल, सरू ज्ञवाली, देवी न्यौपाने ‘धिर’, सीता काफ्ले, रामबहादुर थापा, तिलक लामिछाने, रामराज गौतम, उज्ज्वल वर्मा लगायतले कविता, गजल वाचन गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दीपज्योति सचेतना महिला समूहको अध्यक्ष विष्णु केसी, नेपाल आदिवासी जनजाति महासंघ नगर परिषद सिद्धार्थनगरका अध्यक्ष रूपेश पुलामी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही अध्यक्ष राजेश महोत्रा, पूर्व वडा सदस्य रूपा पुन, शहीद स्मृति पुस्तकालयका अध्यक्ष गोपाल प्रसाद अर्याल, जापान गोजुरियो कराते डो मिसन संघका केन्द्रिय अध्यक्ष के.बी. राना, डा. शिरिष पुन, नागरिक सरोकार मञ्च, रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुप्ता, वरिष्ठ उपाध्यक्ष विकास रायमाझी, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गिरी प्रसाद पुन, सिद्धार्थनगर वडा नम्बर ८ का वडा सदस्य हरि प्रसाद आचार्य, सरस्वती ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवप्रतिभा साहित्यिक परिवारका अध्यक्ष उमेश थापा लाटोमगरको अध्यक्षता, कोषाध्यक्ष सुक माया गुरुङको स्वागत तथा सह–सचिव ज्योत्सना हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij