images

शनिवार, बैशाख २९ गते २०८१

रोहिणीमा क्लोथ बैंक सञ्चालनमा

रोहिणीमा क्लोथ बैंक सञ्चालनमा

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • रोहिणीमा क्लोथ बैंक सञ्चालनमा

    भैरहवा, १६ वैशाख ।
    रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक (कपडा बैंक) सञ्चालनमा आएको छ । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना र रोहिणी गाउँपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।  

    images
    images
    images

    शनिबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलगायतले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

    WhatsApp Image 2024-04-27 at 8.10.31 PM.jpeg

     

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । उनले गाउँपालिकामा कपड़ा बैंकको स्थापनाले आगलागीको कारण पीडित बनेका परिवारलाइ कपडा वितरण गर्न पनि सहयोग पुग्ने बताए ।  

    त्यस्तै गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस गाउँपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवारप्रति आभार प्रकट गरिन् ।

    प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले प्रयोगमा नआएका कपडाहरु क्लोथ बक्समार्फत संकलन गरिने र ती कपडाहरुलाई पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने भएकाले यो कार्य निकै प्रशंसनीय र परोपकारी रहेको बताए । 

    कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता लगायतले बोलेका थिए ।  
    कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक, शिक्षक, युवा, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-04-27 at 8.10.29 PM.jpeg

    क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ ।  

    क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले रोहिणी गाउपालिकामा पनि कपडा बैंकको थालनीसँगै आगलागी पीडितलाई लताकपडा प्रदान गर्ने गरी प्रमुख जिल्ला अधिकारीसँग समन्वय समेत गरिरहेको बताए । उनले देशभरका पालिका तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मूल नाराका साथ नितान्त मानवीय सेवा भावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उनले आग्रह गरे ।

    क्लोथ एण्ड फूड बैंक नेपालले हाल देशका विभिन्न स्थानमा आगलागीका कारण पीडित भएका परिवारहरुलाइ लक्षित गरी स्थानीय तहको समन्वय र सहकार्यमा पुनः प्रशोधन गरी तयार गरिएका लत्ताकपडा वितरण गरेको छ ।

    क्लोथ एण्ड फूड बैंक २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानीय तह यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सी.ले जानकारी दिए । शुभारम्भ कार्यक्रम दिप्लव क्षेत्रीको स्वागत तथा सञ्चारकर्मी आविष्कार खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-04-27 at 8.10.32 PM.jpeg

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij