images

शनिवार, बैशाख २९ गते २०८१

‘जाले रुमालैमा’ गीत सार्वजनिक

‘जाले रुमालैमा’ गीत सार्वजनिक

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • ‘जाले रुमालैमा’ गीत सार्वजनिक

    भैरहवा, १६ वैशाख ।
    सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामले आफ्नै अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । 

    images
    images
    images

    शब्द संगीत सर्जक रामदामको रहेको गीतमा गायक खेम सेन्चुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिएकी छन् । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ । 
    यो गीतको म्युजिक भिडियो रामेछापको दोलालघाटमा छायांकन गरिएको हो । कलाकार विजय पुनसँगै आर्यन राउत, विना राउत र जुना एसडीलाई देख्न सकिन्छ । जाले रुमालमा दाग देखेपछि माया गरेको मान्छेले शंका उपशंका गरेको बुझ्न सकिन्छ । त्यो रुमालमा दाग देखेपछि गायक गायिकाले एक अर्कालाई के होला कुन्नि भन्दै र अलमल पनि परे जस्तो दोमन भए जस्तो गरेर एक अर्काप्रति व्यंग्य प्रहार गरेका छन् । 

    गायक खेम सेन्चुरीले पनि यो गीतलाई न्याय दिएर गाएको, म्युजिक भिडियो पनि उत्तिकै मिहिनत गरेर बनाएको हुँदा श्रोताको मन जित्ने कुरामा आफू आशावादी भएको सर्जक रामदामले बताए । माया पीरमको परिधिभित्र रहेर गीत तयार गरेको प्रतिक्रिया दिदै सबैले मन पराउने कुरामा आफू विश्वस्त भएको उनले बताए । 

    सर्जक रामदामले पछ्यौरी चुन्निको, काँचो पात, चकलेटी हिरो, धोकेवाज, कानको झुम्कना जस्ता गीत यसअघि श्रोता माझ ल्याइसकेका छन् । अन्य गीतलाई जस्तै यो गीतलाई पनि दर्शक श्रोताले माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’– उनले भने ।

    नवलपुरको बुङलिङटार गाउँपालिका थामवेशी/गैंडाका स्थायी बासिन्दा सर्जक रामदाम लामो समयदेखि नेपाली गीत संगीतमा सक्रिय छन् । उनी लोक तथा दोहोरी गीतमा शब्द चयन तथा प्रत्यक्ष दोहोरी गायनमा पनि उत्तिकै क्षमतावान छन् । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij