images

सोमवार, बैशाख ३१ गते २०८१

लुम्बिनीमा ३ महिनामा ६ देशका ३५ हजार पर्यटक

लुम्बिनीमा ३ महिनामा ६ देशका ३५ हजार पर्यटक

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • लुम्बिनीमा ३ महिनामा ६ देशका ३५ हजार पर्यटक

    भैरहवा, १६ बैशाख । लुम्बिनीमा पछिल्लो ३ महिनामा मात्र ६ देशका ३५ हजार पर्यटक आएका छन्न् । २०२४ को पहिलो तीन महिनामा ६ देशका ३५ हजार पर्यटक आएका हुन् ।

    images
    images
    images

    लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूमा बौद्धिष्ट पर्यटक अत्यधिक रहेका छन् । जनवरी, फेबु्रअरी र मार्च महिनामा लुम्बिनीमा ४२ हजार विदेशी पर्यटक आएकोमा थाइल्यान्ड, श्रीलंका, म्यानमार, चीन, भियतनाम र दक्षिण कोरियाबाट मात्रै ३५ हजार पर्यटकले लुम्बिनीलाई गन्तव्य बनाएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    गत बर्षको जनवरी देखि मार्च सम्म भने राहदानी प्रयोग गरेर ८५ देशका २८ हजार ८०६ जनाले लुम्बिनीको भ्रमण गरेकोमा ६ राष्ट्रबाट २३ हजार ६२६ पर्यटक आएको कोषले जनाएको छ ।

    कोषका सूचना शाखाका सहायक अधिकृत दिलीप कुलुङका अनुसार तीन महिनामा ६ देशमध्ये सबैभन्दा बढी थाईल्याण्डबाट ११ हजार ८ सय पर्यटक लुम्बिनी आएका छन् । श्रीलंकाबाट ८ हजार ४ सय, म्यानमारबाट ६ हजार ३ सय, चीनबाट ३ हजार ४ सय, भियतनामबाट २ हजार ८ सय र दक्षिण कोरियाका २ हजार ५ सय पर्यटन नेपाल आएका हुन् । अन्य बुद्धिस्ट देशहरू कम्बोडिया, भुटानबाट समेत पर्यटकहरू आएका छन् ।

    गत बर्षको तीन महिनामा थाईल्याण्डबाट ७ हजार ९६१, श्रीलङकाबाट ५ हजार १५८, चीनबाट ३६८, म्यानमारबाट ४ हजार ३४२, भियतनामबाट २ हजार ९११ र दक्षिण कोरियाबाट २ हजार ८८५ जना लुम्बिनी भ्रमणमा आएका थिए ।

    पछिल्लो समय लुम्बिनीमा आध्यात्मिक तथा धार्मिक गतिविधिहरू बढ्न थालेपछि बौद्ध मुलुकका नागरिकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाउन थालेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए । लुम्बिनी भित्रका बिपश्यना केन्द्रमा समेत बिपश्यना ध्यानमा बस्न पर्यटक आउने गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij