images
images

बुधवार, जेठ ९ गते २०८१

गर्मी र तातो हावाबाट जोगिन सतर्कता अपनाउन आग्रह

गर्मी र तातो हावाबाट जोगिन सतर्कता अपनाउन आग्रह

images
images
images
बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • गर्मी र तातो हावाबाट जोगिन सतर्कता अपनाउन आग्रह

    भैरहवा, १९ वैशाख ।
    नेपाल रेडक्रस सोसाईटी तथा सिद्धार्थनगर नगरपालिकाको आयोजनामा गर्मी तथा तातो हावा (लु) बाट कसरी बच्ने तथा रोकथामका उपायबारे एकदिने कार्यशाला सम्पन्न भएको छ । गर्मी तथा लु बाट अतिप्रभावित तथा जोखिममा रहेका श्रमिक एवं लक्षित समूहको सहभागीतामा मंगलबार भैरहवामा कार्यशाला भएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरे । उनले गर्मीबाट बच्न रोकथामका उपाय अपनाउन र अरुलाई पनि आफूले सिकेका कुरा बताउन आग्रह गरे । उनले भने, ‘स्वास्थ्यमा ध्यान दिनुपर्छ । काम गर्दा सावधानी अपनाउनुपर्छ । ’ नगरप्रमुख खानले गर्मी र तातो हावाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरे 

    त्यस्तै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले ७५३ पालिकामध्ये बाँकेको नेपालगंज उपमहानगरपालिका र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ‘तातो हावा (लु) प्रतिकार्य कार्यक्रम’ सञ्चालन भइरहेको बताए । उनले भने, ‘हामी प्रकृतिसँग लड्न सक्दैनौ । दिनलाई रात र रातलाई दिन बनाउन सक्दैनौ । विपद्बाट हुने असर न्यूनीकरण गर्न लाग्नुपर्छ ।’

    नेपाल रेडक्रस सोसाईटीका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले गर्मीबाट अतिप्रभावित तथा जोखिममा रहेका व्यक्तिहरुलाई सहभागी गराइएको कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

    रेडक्रस सोसाईटी रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायको स्वागतमा भएको कार्यक्रमको उद्देश्यमाथि रेडक्रस रुपन्देहीकी उपसभापति रुपमा हिराचनले प्रकाश पारेकी थिइन् ।

    कार्यक्रममा ४० जनालाई टोपी, छाता तथा थरमस वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका वरिष्ठ अधिकृत कृष्ण मल्लले बताए । 

    IMG_7122.JPG
    IMG_7149.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij