२०८३, श्रावण १६ गते

Aug 01 2026 | २०८३, श्रावण १६ गते

लुम्बिनी फोटोग्राफर संघले पाल्पामा बनायो वार्षिक कार्ययोजना

बिहिवार , बैशाख २०, २०८१

  • 973
    Shares
  • 973
    Shares

  • बुटवल, २० वैशाख ।
    रुपन्देहीमा क्रियाशील फोटो तथा भिडियोग्राफी गर्नेहरुको साझा संस्था लुम्बिनी फोटोग्राफर संघले आफ्नो वार्षिक कार्ययोजना निर्माण पाल्पाको पूर्वखोला गाउँपालिकास्थित ढोलीमारामा सम्पन्न गरेको छ । मंगलबार पूर्वखोला गाउँपालिका पुगेको लुम्बिनी फोटोग्राफर संघको टीमले गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, प्रवक्ता मेहर सिंह थापाको उपस्थितिमा पर्यटन प्रवद्र्धनका लागि फोटोग्राफी तथा भिडियोग्राफी कार्यक्रम सुरु गरेको थियो । 

    बुधबार दिउँसो पूर्वखोला गाउँपालिका–२ स्थित ढोलीमारामा सम्पन्न सो कार्यशालाले आगामी वर्षभरी गरिने प्राथमिकतामा रहेका योजनालाई अन्तिम रुप दिइ काम अगाडी बढाईएको अध्यक्ष दिनेश अर्यालले जानकारी दिए ।

    कार्यक्रममा संघका सल्लाहकार दल बहादुर गुरुङले कार्यसमिति तथा सल्लाहकारहरुलाई संस्थागत विकास र कार्ययोजना निर्माणका बारेमा प्रशिक्षण दिएका थिए । करिब ३२ जनाको उपस्थिति रहेको सो कार्यक्रमबाट आगामी बर्ष गरिने कार्यक्रमको योजना निर्माण तथा रुपरेखाको विषयमा निर्णय पारित भएको छ । 

    समापन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्याय, सल्लाहकार माधव पन्थ, निवर्तमान अध्यक्ष मनिष पन्थ, रामु भण्डारी लगायतले बोल्दै संस्थाको विकासमा सबै एकजुट भएर योजनाअनुसार अघि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा सहयोग गर्ने सल्लाहकार, आरामदायी बसोबासका लागि होमस्टे, स्वागत गर्ने स्थानीय महिला समूहलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो । संघले पर्यटन प्रवद्र्धनका लागि फोटो तथा भिडियोग्राफीको माध्यमबाट संसारभर प्रचारप्रसार गर्दै आन्तरिक पर्यटनका निम्ति हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।