२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलका टोल विकास संस्थामा १६ देखि ४० वर्षसम्मका युवाको सहभागीता अनिवार्य

शुक्रवार , बैशाख २१, २०८१

बुटवल, २१ वैशाख ।
बुटवलमा टोल विकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ । बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन गर्दै युवाको सहभागीता अनिवार्य बनाउने निर्णय गरेको हो । जसअनुसार टोल विकास संस्थामा ३० प्रतिशत १४ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ । 

टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संशोधन गरिएको बताए । ‘युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उद्देश्य हो–उनले भने । 

यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागीता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो ।